Prakash Adhikari July 17, 2018

 

पेरिस(फ्रान्स), १ साउन(बीबीसी) ।  फ्रान्सले विश्वकप फुटबलको उपाधि उचालेका आफ्ना खेलाडीहरूलाई देशकै सर्वोच्च सम्मान ‘लिजन दि अनर’ प्रदान गर्ने भएको छ।

राष्ट्रपति एमानुएल माक्रोँको कार्यालयले फुटबल टोलीलाई सम्मानित गर्ने घोषणा गरेको हो।

मस्कोमा आइतवार राति सम्पन्न निकै रोमाञ्चक खेलमा फ्रान्सले क्रोएशियालाई दुईका विरुद्ध चार गोलले पराजित गरेको थियो।

२० वर्षपछि फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचालेको हो।

प्रशंसक
यसअघि उसले सन् १९९८ मा प्यारिसमा भएको विश्वकप जितेको थियो।

विश्वकप फुटबलको उपाधि फ्रान्सलाई

मेस्सी र रोनाल्डोको स्थान लिँदै एम्बाप्पे

४० लाख जनसंख्या भएको मुलुक कसरी पुग्यो फाइनल

फ्रान्सेली टोलीलाई नेतृत्व दिइरहेका डिडिए डेसाङ खेलाडी र व्यवस्थापकका दुवैका रुपमा उपाधि उचाल्ने तेस्रो व्यक्ति बनेका छन्।

प्यारिसमा भव्य स्वागत पाएको टोलीको सम्मानमा राष्ट्रपति माक्रोँले भोजको आयोजना गरे।

तस्वीर कपीराइटन्भ्त्त्थ् क्ष्ःब्न्भ्क्
ट्रफीसहित स्वदेश फर्केको टोलीलाई स्वागत गर्न सोमवार प्यारिसस्थित विमानस्थलमा ठूलो संख्यामा प्रशंसकहरू जम्मा भएका थिए।

देशका विभिन्न ठाउँमा फुटबल प्रशंसकहरूले रातभरि खुसियाली मनाएका थिए। त्यसक्रममा केही ठाउँमा झडप भएको विवरण आएका छन्।

खुसियाली
स्थिति नियन्त्रणमा लिन प्रहरीले केही शहरमा अश्रु ग्यास समेत प्रहार गर्नुपरेको थियो।

प्यारिसको एउटा क्षेत्रमा केही युवाहरूले पसलबाट रक्सी चोरेका थिए।

वास्तवमा मेस्सीको समस्या के होरु

यस्ता घटनाका बावजुद प्रशंसकहरूमा खुसियाली मनाउने उत्साहमा कमी आएको छैन।

प्यारिस यातायात विभागले केही स्टेशनहरूको नाम खेलाडीहरूको नाममा राखेर खुसियाली मनाउने मनस्थिति बनाएको छ।

Share Now

Leave a comment.