Prakash Adhikari March 25, 2025

जेसिका मर्फी / बीबीसी न्यूज

टोरन्टो(क्यानडा), १२ चैत्र । क्यानडामा अभूतपूर्व परिस्थितिमा निर्वाचन अभियान सुरु भएको छ।

छिमेकी देश तथा सबैभन्दा ठूलो आर्थिक साझेदार अमेरिकाले व्यापार युद्ध सुरु गरेको र त्यहाँका राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडालाई ५१औँ अमेरिकी राज्य बनाउने धारणा सार्वजनिक गरेको अवस्थामा क्यानडाका मतदाताहरूले देशको सत्ता हाँक्ने पार्टी छान्ने निर्णय गर्ने छन्।

मतदान आगामी एप्रिल २८ मा हुने छ।

क्यानडाको यो चुनावमा आवास र आप्रवासनजस्ता घरेलु मुद्दाहरू निकै महत्त्वपूर्ण हुने छन्। यद्यपि दशकौँपछि मतदाताहरूसमक्ष देशको भविष्यसँग जोडिएका आधारभूत प्रश्नहरू पनि तेर्सिएका छन्।

क्यानडाको चुनावको मुखमा हामीले ध्यान दिनुपर्ने पाँच मुख्य विषयबारे यहाँ चर्चा गरिएको छ।

डोनल्ड ट्रम्पको प्रभाव

क्यानडा र अमेरिकाको अर्थतन्त्र अन्तरसम्बन्धित छ। दुवै देशले निकै लामो समयदेखि सुरक्षा साझेदारी गर्दै आएका छन् र दुई देशबीचको सीमा विश्वकै सबैभन्दा लामो ‘अरक्षित’ सीमा हो।

अमेरिकी राष्ट्रपति ट्रम्पले छिमेकी देशविरुद्ध ‘आर्थिक शक्ति’ प्रयोग गर्न इच्छा प्रकट गरेको, सीमालाई ूकृत्रिम रेखाू भनेको र चर्को आयात शुल्क लगाएको हुनाले दुई देशबीच सम्बन्धमा निकै परिवर्तन हुने सङ्केत देखिएको छ।

“क्यानडाको राजनीति, क्यानडाको मानसिकता, क्यानडाको व्यवसायमा राष्ट्रपतिका कार्यको प्रभाव बढ्ता आँक्न असम्भव छ”, सार्वजनिक मामिलासम्बन्धी कम्पनी ‘कम्पास रोज”की मुख्य रणनीति अधिकारी तथा पूर्वप्रधानमन्त्री जस्टिन ट्रूडोकी भूतपूर्व नीतिनिर्देशक मार्सी सुर्केसले भन्नुभयो।

ट्रम्पको हस्तक्षेपका कारण क्यानडाको राजनीतिमा यसअघि नै परिवर्तन भइसकेको थियो। त्यहाँ कन्जर्भेटिभहरूले जित्ने जस्तो पक्का परिस्थिति फेरिएर लिबरल र कन्जर्भेटिभबीच कडा प्रतिस्पर्धा हुने र कसले जित्छ भनेर यसै भन्न नसकिने अवस्था उत्पन्न भएको छ।

आइतवार चुनावी अभियान सुरु हुँदा सबै नेताहरूले अमेरिकाबाट प्राप्त धम्कीहरूप्रति केन्द्रित हुँदै आआफ्ना सन्देश दिए।

आगामी केही सातामा अमेरिकी राष्ट्रपतिले के भन्छन् र गर्छन् भन्ने कुराले पक्कै पनि क्यानडाको चुनावमा प्रभाव पार्ने छ।

जस्तो, चुनावी अभियानको दोस्रो साता एप्रिल २ का दिन ह्वाइटहाउसले विश्वव्यापी रूपमा थप आयात शुल्क घोषणा गर्ने अपेक्षा गरिएको छ।

अनुभवी नेता र ब्याङ्करबीच प्रतिस्पर्धा

अब बन्ने प्रधानमन्त्रीले डोनल्ड ट्रम्पसँग व्यवहार गर्नुपर्छ भन्ने कुरा क्यानडाका नागरिकहरूलाई राम्ररी थाहा छ।

त्यसैले धेरै मतदाताहरूको मनमा प्रश्न खेलेको छ ( कहिले के गर्छन् भन्ने अनुमान गर्न नसकिने स्वभावका अमेरिकी राष्ट्रपतिलाई कसले सबैभन्दा राम्ररी सम्हाल्न लाग्ला रु

प्रतिस्पर्धा मूलतः नयाँ लिबरल नेता मार्क कार्नी र सन् २०२२ देखि कन्जर्भेटिभहरूको नेतृत्व गरिरहेका प्येअर पोलिभबीच छ।

त्यहाँको संसद्का दुई अन्य दलहरू ( वामपन्थी झुकाव राख्ने न्यू डेमोक्र्याटिक (एनडीपी) र ब्लक केबेक्वा पनि प्रतिस्पर्धा गर्दै छन्। तर अहिलेसम्म कन्जर्भेटिभ र लिबरल पार्टीको नेतृत्वमा मात्रै सरकार बनेको इतिहास छ।

साठी वर्षे कार्नी पूर्वब्याङ्कर हुन्। उनी राजनीतिमा नयाँ छन्। उनी केही साताअघि जस्टिन ट्रूडोका उत्तराधिकारी बनेका हुन्। उनी क्यानडाको इतिहासमा संसद्‌मा निर्वाचित नभई प्रधानमन्त्री बन्ने पहिलो पनि व्यक्ति हुन्।

उनीसँग अन्तर्राष्ट्रिय अनुभव छ। उनले सन् २०१३ देखि २०२० सम्म ब्याङ्क अफ इङ्ग्ल्यान्डको नेतृत्व पनि गरेका थिए। तर उनीसँग राजनीतिक अभियानको अनुभव छैन। यो चुनावमा उनको क्षमताको परीक्षण हुने छ।

लिबरल पार्टीले चुनाव हार्‍यो भने उनी क्यानडाको इतिहासमा सबैभन्दा छोटो कार्यकाल प्रधानमन्त्री रहँदै पदबाट बाहिरिनुपर्ने हुन सक्छ।

प्येअर पोलिभ ४५ वर्षका छन्। उमेर कम भए पनि उहाँसँग विगत दुई दशकदेखि राजनीति गरेको अनुभव छ। उहाँ २५ वर्षको उमेरमा पहिलो पटक हाउस अफ कमन्समा निर्वाचित हुनुभएको थियो। उहाँलाई कुशल नेता मानिन्छ। उहाँले मन्त्रिपरिषद्‌मा बसेर पनि काम गर्नुभएको छ।

उहाँले क्यानडामा महँगीका कारण मानिसहरू निकै मर्कामा परेको चर्चा गर्नुभयो अनि आप्रवासनजस्ता विषयमा ट्रूडो र लिबरलहरूप्रति विद्यमान व्यापक आक्रोशलाई आफ्नो पक्षमा प्रयोग गर्नुभयो।

‘क्यानडा इज ब्रोकन’ भन्न छोडेर विगत केही सातादेखि उहाँ ‘क्यानडा फस्ट (क्यानडा पहिले)’ भन्न थाल्नुभएको छ। ट्रम्पको सामना गर्न आफू सक्षम रहेको देखाउन उहाँले आफ्नो नारामा देशको खस्कँदो अवस्थाको चर्चा छोडेर देशभक्तिको कुरा जोड्नुभएको हो।

अस्तित्वको प्रश्न

धेरै लामो समयपछि यो चुनाव आन्तरिक विषयमा मात्र केन्द्रित छैन।

यो चुनाव राष्ट्रिय महत्त्वको प्रश्नहरूसँग जोडिएको छ ,सार्वभौमिकता र अनिश्चित साझेदारसँगको अनिश्चित भविष्य देखिएको अवस्थामा क्यानडाले के गर्नुपर्छ भन्ने सन्दर्भमा।

अहिलेको परिस्थितिलाई सन् १९८८ को चुनावसँग तुलना गर्दै सुर्केसले त्यस बेला पनि अमेरिकासँग सम्बन्धको विषयले प्रधानता पाएको थियो। त्यतिखेर क्यानडा उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतामा सहभागी हुने विचारमा थियो।

“क्यानडाको सार्वभौमिकता, आर्थिक सार्वभौमिकता, आर्थिक स्वतन्त्रता खोसिएला कि भनेर त्यस बेला पनि यस्तै प्रश्नहरू उठेका थिए”, उहाँले भन्नुभयो।

यस पटक दुवै मुख्य दलले विकास र स्वतन्त्रताको दृष्टिकोणलाई अगाडि सारेका छन्। उनीहरूले अत्यावश्यक आवास निर्माण गर्ने, मुख्य ऊर्जा परियोजनाहरूमा अगाडि बढ्ने, अमेरिकी आयात शुल्कको प्रतिरोध गर्ने र क्यानडाको रक्षा क्षमता सुदृढ बनाउने कुरा गरेका छन्।

जीवनस्तर धान्न आवश्यक खर्च -अझै मुख्य मुद्दा

केही वर्षदेखि क्यानडाका नागरिकहरूले खर्च धान्न सक्ने क्षमता, आवास, स्वास्थ्यसेवाजस्ता कुरामा समस्या भोग्दै आऐका छन्। यस्तो समस्या जस्ताको तस्तै छ।

तर मतसर्वेक्षण गर्ने ‘एबाकस डेटा’का सीईओ डेभिड कोलेटोका अनुसार क्यानडेली नागरिकहरूले अमेरिकासँगको व्यापार युद्धमा ‘अस्तित्वको त्रास’ पनि खेप्नुपरेको छ।

“जीवनस्तर धान्न आवश्यक पर्ने खर्च अझै पनि मुख्य मुद्दा हो भने तापनि यो मतदानको व्यवहारलाई फेर्नका लागि त्यति शक्तिशाली प्रेरक नहुन सक्छ”, उहाँ भन्नुहुन्छ ।

त्यसैले दलहरूमाझ यी चिन्ताहरूलाई सम्बोधन गर्न विश्वासिलो नीति ल्याउने चुनौती छ। उनीहरूले व्यापक आर्थिक जोखिमको सन्दर्भसँग जोडेर ल्याउनुपर्ने हुन्छ।

अमेरिकी आयात शुल्क कहिले लाग्ने र कहिले हट्ने गर्दै आएको अमेरिकी आयात शुल्क अनि क्यानडाले लगाएको अर्बौँ डलरको जबाफी आयात शुल्कको मारमा व्यापारी र सर्वासाधारण मारमा परिसकेका छन्।

यसै साता अर्गनाइजेशन फर ईकोनमिक कोअपरेशन एन्ड डिभेलप्मन्ट (ओईसीडी)ले यो र अर्को वर्षका लागि गरेको क्यानडाको आर्थिक वृद्धिको प्रक्षेपणमा आधाभन्दा बढीले घटाएको छ।

मतसर्वेक्षणमा को अगाडि

मतसर्वेक्षणमा एक वर्षदेखि कन्जर्भेटिभहरूलाई २० अङ्कको अग्रता थियो। तर केही सातायता आश्चर्यजनक रूपमा नतिजा उल्टिएको देखिन्छ।

औचपारिक रूपमै निर्वाचन अभियान सुरु भएको छ। अहिले नतिजा जसको पोल्टामा जान सक्ने अवस्था छ।

कोलेटोका अनुसार मतदानका लागि ूसबैभन्दा अनुकूल आँधीू निम्तिनुका तीनवटा कारण छ ( निकै अलोकप्रिय भइसकेका ट्रूडोको राजीनामा, त्यसले सुरु गरेको उदारवादी नेतृत्वका लागि प्रतिस्पर्धा र ह्वाइट हाउसमा डोनल्ड ट्रम्पको पुनरागमन।

उनका अनुसर अब दुवै उम्मेदवारहरूले ूआफ्ना रणभूमिमा पछार्नू खोज्ने छन्। कार्नीले पोलिभलाई ूट्रम्पजस्तैू र पोलिभले कार्नीलाई ूजस्टिनजस्तैू भनेर चित्रण गर्न खोजेका छन्।

दुवै पक्षलाई स्वाभाविक फाइदा पुग्न सक्ने उहाँको धारणा छ।

 

Share Now