Prakash Adhikari July 21, 2018

काठमाडौ, ५ साउन। एचआईभीबाट सङ्क्रमित हुनेहरूको संख्या प्रतिहजार पाँच रहेकोमा पछिल्लो समय दुईमा झरेको सरकारी आँकडाले देखाएको छ।

एचआईभी सङ्क्रमण नियन्त्रणका निम्ति सरकारी एवम् गैरसरकारी क्षेत्रबाट एक दशकमा गरिएका प्रयासका कारण पछिल्लो उपलब्धि हासिल भएको अधिकारीहरूले बताएका छन्।

तर पछिल्लो समय एचआईभी सङ्क्रमण रोकथामको प्रयासमा सुस्तता आएको भन्दै त्यो दर फेरि बढ्न सक्नेतर्फ विज्ञहरूले सचेत गराएका छन्।

अघिल्लो वर्ष ३२ हजार अनुमानित एचआईभी सङ्क्रमितहरू रहेकोमा उक्त संख्या ३१ हजार २० मा झरेको सरकारी तथ्याङ्क छ।

एचआईभी सङ्क्रमित गर्भवती महिलाको उपचार गर्न सके उनीबाट जन्मने बच्चा सङ्क्रमणरहित हुनसक्छ। तर हामीलाई पत्ता लगाउन गाह्रो छ
वीरबहादुर रावल, सूचना अधिकारी, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र
पहिचान
नेपालमा सन् २०२० सम्म सो अनुमानित संख्यामध्ये २८ हजारको पहिचान गरिसक्ने सरकारी लक्ष्य छ।

त्यसका लागि केही चुनौती रहेको स्वास्थ मन्त्रालय अन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका सूचना अधिकारी वीरबहादुर रावल स्वीकार्छन्।

एचआईभीविरुद्धको खोप परीक्षण ‘प्रभावकारी’

‘जानाजान’ एचआइभी सार्नेलाई २४ वर्ष जेल

“एचआईभी सङ्क्रमित गर्भवती महिलाको उपचार गर्न सके उनीबाट जन्मने बच्चा सङ्क्रमणरहित हुनसक्छ। तर हामीलाई पत्ता लगाउन गाह्रो छ।”

एचआइभी
“देशभरि एचआईभी सङ्क्रमित आमाको संख्या करिब ३०० हुन्छ। त्यसका लागि ८ लाख गर्भवती महिलालाई एचआईभी परिक्षण गर्नुपर्ने हुन्छ जुन हाम्रो लागि चुनौतीको रुपमा रहिआएको छ।”

एउटा प्रतिष्ठित पत्रिका ल्यानसेटले हालै सार्वजनिक गरेको एक लेखमा विश्वभरि एचआईभी एड्स सङ्क्रमितहरूको संख्या कम भएको देखिएको उल्लेख गरेको छ।

उक्त पत्रिकाका अनुसार रोकथमामा विगतमा भएका प्रयासमा चाहिँ फेरि सुस्तता देखिएको छ।

सन् २००१ देखि २००१२ सम्म एचआईभी सङ्क्रमण कम गर्न जे जति प्रयास भए त्यसले राम्रो परिणाम ल्यायो। तर अहिले हामीसँग पर्याप्त स्रोत छैन। जनचेतनामूलक अभियानमा पनि निकै कमी आएको छ
अच्युत सिटौला, अभियानकर्मी

लक्ष्य
नेपालको सन्दर्भमा पनि सङ्क्रमण दर गत वर्ष करिब १३ सय रेहकोमा यो घटेर ८ सय ३६ मा झरेको अधिकारीहरूले बताएका छन्।

तर एचआईभी सङ्क्रमण रोकथाममा लामो समयदेखि काम गरिरहेका अभियानकर्मी अच्युत सिटौला सरकारी तथ्याङ्कमै प्रश्न गर्नसक्ने ठाउँ रहेको बताउँछन्।

उनले भने, “सन् २००१ देखि २००१२ सम्म एचआईभी सङ्क्रमण कम गर्न जे जति प्रयास भए त्यसले राम्रो परिणाम ल्यायो। तर अहिले हामीसँग पर्याप्त स्रोत छैन। जनचेतनामूलक अभियानमा पनि निकै कमी आएको छ।”

दातृ संस्थासँग ठूलो मात्रामा सहयोग लिँदै आएको सरकारले पछिल्लो समय एचआईभी सङ्क्रमण रोकथाम गर्न आफैँ पहल थाल्ने बताएको छ।

सन् २०२० सम्म ९० प्रतिशत सङ्क्रमित पहिचान गर्ने र थप १० हजारलाई सङ्क्रमितलाई औषधि सेवन गराउने लक्ष्य हासिल गर्न ठूलो चुनौती रहेको कतिपय जानकार बताउँछन्।(बीबीसी)

Share Now

Leave a comment.