काठमाडौं, १० साउन । नेपाल वायु सेवा निगमको दोस्रो वाइड बडी ३३०-२०० ‘मकालु’ बिहिवार बिहन ८ :०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ।
निगम व्यवस्थापनले दोस्रो वाइड बडीलाई पानीको फोहराले स्वागत गर्दैछ ।
पहिलो वाइड बडी अन्नपूर्ण ल्याउदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलाई प्रमुख अतिथि बनाएर एअरपोर्टमै स्वागत भाषणको व्यवस्था गरिए पनि यसपटक भने सचिव सचिव कृष्ण देवकोटालार्इ मुख्य अतिथि बनाएर रिवन काटेर कार्यक्रम टुंग्याउने संक्षिप्त कार्यक्रम बनाएको छ ।
तर चाख लाग्दो कुरा के छ भने सांघुरो हुँदै गएको त्रिभुवन अन्तराष्टिय विमानस्थलमा नयाँ आएको जहाजलाई राख्ने ठाँउ छैन । विमानस्थलको ह्याङ्गर निगमले बीबी एयरवेजलाई बिक्री गरेको बोइङ र निगमले एक महिना पहिले ल्याएको अन्नपूर्णले ओगटेका छन् ।
पार्किड. बे पनि फूल छ । निगमको नयाँ विमान पार्किड. बेमा राख्ने वित्तिकै एअरपोर्टमा अवतरण हुने अन्तराष्टिय उडानका जहाजहरु आकाशमा होल्ड गर्नुपर्ने अवस्था छ । निगमले एक महिना अगाडि ल्याएको अन्नपूर्ण नउडिकन मकालुले ह्यांगरमा छिर्न नपाउने भएको छ ।
विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले नयाँ मकालुलाई एक, दुई र तीन मध्ये एउटा वेमा राखिने बताउनुभएको छ । अन्नपूर्णले नियमित उडान सुरु गरेपछि मकालु निगमकै ह्याङ्गरमा राखिनेछ।