Prakash Adhikari November 4, 2017

दमौली(तनहुँ), १८ कार्तिक । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएको छ।

उनीविरुद्धको उजुरीमाथि जाँचबुझ गरी निर्वाचन आयोगले शनिबार उनको उम्मेदवारी खारेज गर्ने निर्णय लिएको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले बीबीसीलाई जानकारी दिए।

विशेष अदालतबाट उनीविरुद्धको भ्रष्टाचारको आरोप सिद्ध भएको थियो।

तर जोशीले विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आफूले गरेको पुनरावेदनको निवेदन विचाराधीन रहेकाले आफ्नो उम्मेदवारी कानून सम्मत रहेको दावी गर्दै आएका थिए।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा ुफैसला अन्तिम भएकोु भन्ने वाक्यांश उल्लेख भएकाले आफ्नो मुद्दाको अन्तिम किनारा लाग्न बाँकी रहेको जोशीको जिकिर छ।

जोशीले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएको तनहुँको क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए।

Share Now

Leave a comment.