Prakash Adhikari June 17, 2025

 

काठमाडौँ, ३ आषाढ । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनामा संलग्न भएको आरोप लागेका मिश्रलाई धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मिश्रमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता भएको थियो । गत चैत १५ गते काठमाडौंको तीनकुने घटनाका आरोपी राप्रपा महामन्त्री डा. धवलशमशेर राणा भने सोमबार साँझ ३ लाख धरौटीमा रिहा भइसक्नुभएको छ ।

तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका योजनाकार मानिनु भएका दुर्गा प्रसाईं भने पुर्पक्षका लागि कारागारमा राख्ने आदेश भएसंगै कारागारमा हुनुहुन्छ ।

Share Now