Prakash Adhikari July 6, 2025

शन सेडन र स्टुअर्ट लाउ /बीबीसी न्यूज

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), २२ आषाढ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको नाटकीय मतभेद भएको हप्तौँपछि इलोन मस्कले आफ्नै राजनीतिक पार्टी बनाउने घोषणा गरेका गर्नुभएको छ।

आफ्नो सामाजिक सञ्जाल ‘एक्स’मार्फत अमेरिका पार्टी गठन गरेको जनाउँदै यी अर्बपतिले नयाँ पार्टीले रिपब्लिकन र डेमोक्र्याटिक पार्टीको द्विदलीय व्यवस्थालाई चुनौती दिने बताउनुभएको छ।

तथापि उक्त पार्टी चुनाव आयोगमा औपचारिक रूपमा दर्ता भएनभएको स्पष्ट भइसकेको छैन।

अमेरिकाबाहिर जन्मेका कारण राष्ट्रपतीय चुनावमा उम्मेदवार बन्न अयोग्य हुने मस्कले नयाँ पार्टीको नेतृत्व कसले गर्छ भन्ने पनि खुलाउनुभएको छैन।

ट्रम्पसँग विवाद उत्पन्न भएका बेला उहाँले पहिलो पटक नयाँ पार्टी खोल्ने कुरा गर्नुभएको थियो।

त्यसपछि उहाँले आफ्नो प्रशासनिक भूमिका त्यागेको र आफ्ना पूर्वमित्रसँग तिखो विवादमा उत्रेको देखियो।

तर्क

ट्रम्पसँग विवाद चल्दै गर्दा उहाँले ‘एक्स’मा एउटा पोस्ट गर्दै प्रयोगकर्तासँग अमेरिकामा नयाँ राजनीतिक पार्टीको खाँचो भए । नभएबारे सोध्नुभएको थियो।

शनिवार उक्त पोस्टको चर्चा गर्दै मस्कले बहुसङ्ख्यकले नयाँ पार्टीको चाहना राखेको र उनीहरूले त्यो प्राप्त गर्ने उल्लेख गर्नुभयो ।

“भ्रष्टाचार र फजुल खर्चमार्फत हाम्रो देश टाट पल्टिने स्थितिमा हामी एकदलीय प्रणालीमा बाँचिरहेका हुन्छौँ, लोकतन्त्रमा होइन।तपाईँको स्वतन्त्रता तपाईँलाई फिर्ता दिन आज अमेरिका पार्टी गठन भएको छ।”

तर शनिवारसम्म सङ्घीय चुनाव आयोगले उक्त पार्टी औपचारिक रूपमा दर्ता भएको देखिने कुनै दस्तावेज प्रकाशित गरेको छैन।

हुन त विगतमा अन्य चर्चित हस्तीहरूले पनि अमेरिकी राजनीतिको परम्परागत द्विदलीय व्यवस्था बाहिरबाटै खेलमा भाग नलिएका होइनन् तर वास्तविक चुनौती बन्ने गरी देशव्यापी रूपमा दह्रिलो समर्थन प्राप्त गर्न गाह्रै पर्छ।

गत वर्षको राष्ट्रपतीय चुनावमा लिबर्टरिअन पार्टी, ग्रिन पार्टी र पिपुल्स पार्टीले ट्रम्प र उनकी डेमोक्र्याटिक प्रतिद्वन्द्वी कमला ह्यारिसलाई जित हासिल गर्नबाट रोक्नका निम्ति गरेको कोसिस व्यर्थ भएको थियो।

मस्क केही अघिसम्म ट्रम्पका दह्रो समर्थक हुनुहुन्थ्यो। उहाँ ट्रम्पको चुनावी कार्यक्रमहरूमा नाचिरहनुभएको देखिन्थ्यो। उहाँले आफ्नो चार वर्षे छोरोलाई राष्ट्रपतिसँग भेटाउन ओभर अफिस लगेको समेत देखिएको थियो।

त्यतिमात्रै नभई मस्कले ट्रम्पलाई आर्थिक रूपमा समेत बलियो आड दिनुभएको थियो। ट्रम्पलाई पुनः सत्तामा फर्काउन मस्कले २५ करोड अमेरिकी डलर खर्च गर्नुभएको थियो।

चुनावपछि उहाँ डिपार्टमेन्ट अफ गभर्मन्ट इफिशन्सी (डज)को प्रमुख नियुक्त हुनुभयो जसको काम व्यापक रूपमा कटौती गर्न सकिने सङ्घीय बजेटको पहिचान गर्नु थियो।

मतभेद

उहाँले मे महिनामा प्रशासनिक पद त्याग गर्दै सरकारको कर तथा खर्च योजनाको सार्वजनिक रूपमै आलोचना गर्न थालेपछि ट्रम्पसँग गम्भीर मतभेद सुरु भयो।

ट्रम्पले ‘बिग, ब्युटिफुल’ भन्ने गरेको तथा कङ्ग्रेसले झिनो मतले पारित गरेको कर तथा खर्चसम्बन्धी विस्तृत विधेयकमा ट्रम्पले हस्ताक्षर गरेसँगै यसै साताबाट कानुनी हैसियत प्राप्त गरिसकेको छ।

उक्त कानुनमा सरकारी खर्च र करमा व्यापक कटौती गर्ने विषय सामेल छ र आउने एक दशकमा यसले अमेरिकी बजेट घाटामा तीन ट्रिलिअन डरलभन्दा अधिकले योगदान गर्ने अनुमान गरिएको छ।

टेस्लाका मालिक समेत रहनुभएका मस्कका लागि भने ट्रम्पको कानुनले हरित परिवर्तन वा टेस्लाजस्ता उत्पादनहरूलाई सहुलियत नदिएको विषयले अधिक महत्त्व राखेको देखिन्छ।

“इलोनले अन्य मानवका तुलनामा इतिहासकै धेरै सहुलियत पाउनुभएको हुन सक्छ”, यसै साता आफ्नो सामाजिक सञ्जाल ट्रूथ सोसलमा ट्रम्पले लेख्नुभयो, “सहुलियतबिना उहाँ सम्भवतः पसल बन्द गरेर आफ्नो घर दक्षिण अफ्रिका गइसक्नुभएको हुन सक्थ्यो ।”

ट्रम्पले डजले मस्कका कम्पनीहरूको पक्षका सहुलियतबारे अनुसन्धान गर्न सक्ने चेतावनी दिँदै यी अर्बपतिका अन्य व्यवसायतर्फ पनि सङ्केत गर्नुभएको थियो।

मस्कको स्पेसएक्सले अमेरिकी सरकारका निम्ति रकेट प्रक्षेपण गर्छ भने स्टारलिङ्कले अमेरिकी तथा युरोपेली रक्षा शक्तिहरूलाई भू–उपग्रह सेवा प्रदान गर्छ।

Share Now