Prakash Adhikari August 16, 2018

 

कसरा(चितवन), ३१साउन(बीबीसी) । जुधेर मर्नेजस्ता समस्यासँग जुझ्न उनीहरूको सङ्ख्या बढि भएको स्थान पहिचान गरेर अन्यत्र सार्नेजस्ता उपाय संरक्षणकर्मीहरूले सुझाएका छन्।

चितवन राष्ट्रिय निकुञ्जले ‘शून्य सिकार’ वर्ष मनाइरहँदा गत आर्थिक वर्षमा मात्र त्यहाँ २६ गैंडाको मृत्यु हुनुलाई स्वभाविक मान्न नसकिने संरक्षणविद्हरूले जनाएका छन्।

त्यसलाई प्राकृतिक मृत्यु भनिए पनि सङ्ख्याका हिसाबले धेरै र कतिपय अवस्थामा व्यवस्थापकीय कमजोरीका कारण त्यस्तो भएको संरक्षणविद्हरूले जनाएका छन्।

मृत्युको कारण आपसमा जुध्नु, बिरामी हुनु, बच्चा पाउन नसक्नु, बाढीले बगाउनुजस्ता पाइएको अधिकारीहरूले बताएका छन्।

त्यस्तो अवस्था आउनुमा वासस्थानमा आएको परिवर्तन प्रमुख रहेको विज्ञहरूको मत छ।

सङ्ख्या
सन् २०१५ मा भएको गैंडा गणनामा देशभरमा ६४५ एकसिङ्गे गैंडा पाइएकामा चितवन राष्ट्रिय निकुञ्जमा मात्र ६०५ गणना भएका थिए।

मृत्युका कारण

१०: आपसमा जुधेर
४: बाढीले बगाएर
१: रूखले च्याँपेर
११: बच्चा जन्माउन नसकेर, बुढ्यौली र विभिन्न रोग लागेर
यो सङ्ख्या वर्षेनी ५ प्रतिशतका दरले बढिरहेको संरक्षण अधिकारीहरूले बताएका छन्।

गैंडा स्थानान्तरणको विरोध

बाढीले बगाएको गैंडा चितवन घर फर्कियो

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल भन्छन्, ”माथिल्ला भागका महाभारत र चुरे क्षेत्रमा भएको प्राकृतिक दोहनका कारणले भएको भूक्षयले गर्दा तल्लो भागका सिमसार क्षेत्रहरू पुरिए र पानीका स्रोतहरू सुक्न थाले, घाँसे मैदान र तालतलैयाहरू पनि व्यवस्थित भएनन्।”

संरक्षण अधिकारीहरूका अनुसार मिचाहा प्रजातिका झारहरू फैलिएर समेत उनीहरूको वासस्थानमा परिवर्तन आएको पाइन्छ।

विकल्प
गैंडाहरू मर्ने क्रम बढेसँगै चितवन राष्ट्रिय निकुञ्जकै आग्रहमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले केहीअघि विज्ञहरू सम्मिलित एक अध्ययन कार्यदल गठन गरेको थियो।

त्यसले बच्चा र वृद्ध गैंडा बाघको सिकार हुने र बाढीको जोखिममा रहेको औंल्याएको छ।

बाढीले बच्चा बगाएपछि बचाउने क्रममा पोथी गैंडा समेत जोखिममा परेका पाइएका छन्।

सङ्ख्या बढी भएको स्थान पहिचान गरेर अन्यत्र सार्नेजस्ता काम गरियो भने पनि मृत्युको यो सङ्ख्या घटाउन सकिन्छ
सुशीला नेपाली, संरक्षणविद्

अध्ययनपछि गैंडा गणनामा यसअघि नगरिएको निकुञ्जको भारवहन क्षमता बुझ्नुपर्ने बताउँछन् कार्यदलका संयोजक रहेका विभागका इकोलोजिस्ट लक्ष्मण पौडेल।

”एकातर्फ महानगर अर्कोतर्फ नगर र गाउँहरूबीच रहेको जंगलले अब कति गैंडा थेग्न सक्छ भन्ने जान्नु आवश्यक भएको छ।”

मृत गैंडाको जाँच गर्दा क्षयरोग वा माहामारीजन्य अन्य रोग नभेटिए पनि नियमित परीक्षण र उपचारको लागि अस्पताल सञ्चालनको तयारी बल्ल हुँदैछ।

उनीहरूको प्राकृतिक वासस्थानमै वर्षे विपद्का बेला जनावरहरू जान सक्ने उच्च स्थानको व्यवस्था गर्नेजस्ता व्यवस्थापकीय उपाय सृर्जना गर्न सकिने विज्ञहरू बताउँछन्।

संरक्षणविद् सुशीला नेपाली भन्छिन्, ”जुधेर मर्नेजस्ता समस्यासँग जुझ्न उनीहरूको सङ्ख्या बढी भएको स्थान पहिचान गरेर अन्यत्र सार्नेजस्ता काम गरियो भने पनि मृत्युको यो सङ्ख्या घटाउन सकिन्छ।”

Share Now

Leave a comment.