Prakash Adhikari November 3, 2025

काठमाडौं, १७ कार्तिक । एसियाली मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको २३ औं संस्करणमा सहभागी हुन ३६ सदस्यीय नेपाली भेट्रान टोली आइतवार भारतको चेन्नइ प्रस्थान गरेको छ ।

कात्तिक १९ देखि २३ गते (नोभेम्बर ५ देखि ९) सम्म हुने प्रतियोगितामा २२ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन् ।

खेलाडीमा ग्रिवानविक्रम शाह, शिवहरि खनाल, रेवतबहादुर दाहाल, गौतम माझी, तेजेन्द्र थापा, हरिगोपाल जोशी, राजेशकुमार श्रेष्ठ, कृष्णप्रसाद सिग्देल, सर्मिला श्रेष्ठ प्रधान, विष्णु मल्ल छन्।

त्यस्तै सीता गुरुङ, इन्द्रकुमारी मल्ल, सुनिलकुमार लालवनी, श्रवणकुमार श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, आशनारायण चौधरी, अरुणकुमार वैद्य, एन्थोनी अमात्य, गोविन्दबहादुर थापा, सन्तोषबहादुर खड्का, सुरेश जोशी र गौरी श्रेष्ठ छन् ।

टोली प्रमुखमा जीएन दाइ शर्मा, व्यवस्थापकमा भैरव शाही र यशोदा शर्मा, सहायक व्यवस्थापकमा भरतमणि आचार्य दीक्षित र विजयलक्ष्मी शाही तथा फिजियोमा विश्वरत्न मानन्धर र सुधा थापा रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई सफलताको शुभकामना दिदै आइतवार बिदाइ गर्नुभएको थियो ।

Share Now