काठमाडौं, १८ कार्तिक । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साःख निर्धारणमा त्रिपल बी ग्रेड पाएको छ ।
कम्पनीले आफ्नो वित्तीय सुदृढता र दायित्व पूरा गर्ने क्षमतामा उल्लेखनीय सुधार गर्दै केयर रेटिङ्स नेपाल लिमिटेडबाट त्रिपल बी रेटिङ प्राप्त गरेको जानकारी दिएको छ।
यो रेटिङले कम्पनीको विश्वसनीयता, सुदृढ वित्तीय प्रदर्शन, अनुभवी व्यवस्थापन टिम , सशक्त प्रशासनिक प्रणाली र उच्च गुणस्तरको लगानी पोर्टफोलियोलाई झल्काउँछ।
त्रिपल बी श्रेणीमा पर्ने कम्पनीहरूलाई आफ्ना दायित्वहरू समयमा पूरा गर्न सक्षम र अपेक्षाकृत स्थिर वित्तीय स्थिति भएको मानिन्छ।
कम्पनीले ग्राहक वर्ग , अभिकर्ता र शेयरधनीहरूको निरन्तर विश्वासका लागि आभार प्रकट गर्दै अझ सुदृढ र जिम्मेवार बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्दछौ।
हाल कम्पनीको देशभरिमा १ सय ४८ शाखा तथा उप शाखा बाट सेवा संचालनमा रहेको छ।


















