Prakash Adhikari November 4, 2025

कोलम्बो(श्रीलंका), १८ कार्तिक । श्रीलंकामा आजदेखि काभा महिला यु १९ च्याम्पियनसिपमा सुरु हुँदैछ।

नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानको सामना गर्नेछ। खेल नेपाली समयअनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ।

त्यसअघि आयोजक श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ। च्याम्पियनसिपमा ४ टोलीको मात्र सहभागिता छ।

राउन्ड रोबिन लिगपछि अंक तालिकाको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ।

कात्तिक २३ गते फाइनल र तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ।

गत वर्ष भएको महिला यु २० च्याम्पियनसिपमा भन्दा यसपटक लामो समयको तयारी भएकाले सुखद नतिजाको अपेक्षा राखिएको टोलीका मुख्य प्रशिक्षक कुमार राईले‌ बताउनुभएको छ । उहाँको प्रशिक्षणमा यु २० टोलीले गत वर्ष कास्य पदक जितेको थियो।

टोलीकी कप्तान जेनिशा विश्वकर्माले पनि यसपटक गत वर्षको‌ भन्दा सफल नतिजा आउने आशा राख्नुभएको छ ।

यो प्रतियोगिताको लागि नेपाली महिला टोलीले झन्डै डेढ महिना तयारी गरेको थियो।

Share Now