Prakash Adhikari November 14, 2025

शैलुड.(दोलखा), २८ कार्तिक । दोलखाको शैलुङ गाउँपालिका–६ कालापानीमा माइक्रोबस दुर्घटना भएको छ । दुर्घटनामा परी घाइते भएका मध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोर्खा निवासी ६० वर्षीय एकुमाया अर्याल हुनुहुन्छ । उहाँको सैलुङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हाल उहाँ काठमाडौंको चन्द्रागिरिमा बस्दै आउनुभएको थियो ।

दोलखा प्रहरीका सूचना अधिकारी श्रीराम तिमल्सिनाका अनुसार माइक्रोबसमा १६ जना सवार थिए । जसमध्ये १४ जना घाइते भएका छन् ।

काठमाडौंबाट शैलुङ घुम्न गएका उनीहरू चढेको बागमती प्रदेश ००२ ज ६२०८ नम्बरको ईभी माइक्रोबस शैलुङ गाउँपालिका–६ कालापानीमा दुर्घटनामा परेको थियो ।

 

Share Now