सानेपा(ललितपुर), १ मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार पार्टीको स्थगित बैठक अब मंसिर ४ गते बिहीबार दिउँसो २ः०० बजे बस्ने भएको छ ।
पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी नगर, ललितपुरमा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।


















