क्यानवेरा(अस्ट्रेलिया), ८ भदौ (बीबीसी) ।समाजवादी एवं अनुदारवादी नेता स्कट मरिसन अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री चयन गरिएका छन्। उनी सत्ता छोड्न लागेका प्रधानमन्त्री म्याल्कम टर्नबुलका मित्र एवं साझेदार हुन्।
पार्टीभित्र धेरै विरोधको सामना गरेका म्याल्कम टर्नबुल पार्टीको नेतृत्वबाट हटेपछि मरिसन नयाँ प्रधानमन्त्री हुन लागेका हुन्।
टर्नबुल पछिल्लो एक दशकमा अस्ट्रेलियामा यसरी पदबाट बाहिर निकालिएका चौथा प्रधानमन्त्री हुन्।
लिबरल पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री टर्नबुलले आफ्नै पार्टीभित्र तीव्र विरोधको सामना गरिरहेका थिए।
अस्ट्रेलिया: ‘खडेरीपीडित किसानलाई राहत’
सिड्नीमा प्रचण्ड गर्मी, हजारौं प्रभावित
आन्तरिक तनाव
उनकै पार्टीभित्रका केही मन्त्रीले पनि राजीनामा दिइसकेका छन्।
टर्नबुलले शुक्रबार बोल्दै भने, “यो महान् राष्ट्रको नेता हुन पाउनु सम्मानको कुरा हो। म अस्ट्रेलियालाई माया गर्छु। म यहाँका जनतालाई माया गर्छु।”
नयाँ ऊर्जा नीतिलाई लिएर गत साता राजनीतिक विवाद निकै चर्किएको थियो। टर्नबुल र उनको पार्टीको अनुदारवादी पक्षबीच लामो समयदेखि तनाव बढिरहेको थियो।
जासुसीको डरले चिनियाँ कम्पनीलाई प्रतिबन्ध
सन् २००७ मा संसद प्रवेश गरेका मरिसनले त्यसयता तीनवटा महत्त्वपूर्ण मन्त्रालयहरू सम्हालिसकेका छन्।
शुक्रवारको मतदानपछि पत्रकारहरूसँग बोल्दै मरिसनले आफू यो साताको उथलपुथल झेलेको पार्टीलाई पहिलाकै अवस्थामा ल्याउनका लागि काम गर्ने बताएका छन्।
उनले देशको पूर्वी भागमा देखा परेको खडेरीसँग जुध्न पनि अत्यावश्यक भइसकेको बताएका छन्।


















