Prakash Adhikari December 3, 2025

 

काठमाडौं, १७ मंसिर । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडद्धारा यही मिति २०८२ साल मसिंर १९ र २० गते सामाखुसी फुटसल मैदानमा फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

कम्पनीले जनाए अनुसार प्रतियोगिताको समुद्घाटन यही मसिंर १९ गते शुक्रवार बिहान ७ः३० वजे हुनेछ । र विहान ८ः०० वजे देखि खेल शुरु हुने भएको छ । सो प्रतियोगितामा सहभागी समूहहरुको विभाजन र खेल तालिका समेत प्रकाशित गरेको छ ।

उक्त प्रतिगितामा नेपाल बीमा प्राधिकरण लगायत सम्पुर्ण, जीवन, निर्जिवन लघु तथा पुनर्बीमा कम्पनीहरु र सर्भेयरहरु समेतको सहभागिता रहेको छ । उ

क्त प्रतियोगिताको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आधिकारिक फेसबुक पेजबाट लाईभ प्रसारण समेत गर्ने व्यवस्था मिलाईएको छ ।

 

Share Now