Prakash Adhikari December 4, 2025

 

  • नोर्बेर्टो पारेदेस / बीबीसी न्यूज मुन्डो

कराकस(भेनेजुयला), १८ मंसिर । ल्याटिन अमेरिका नजिकै अवस्थित जलक्षेत्रमा विमानवाहक युद्धपोत यूएसएस जेराल्ड आर फोर्डको आगमनले अमेरिका र भेनेजुएलाबीचको बढ्दो तनावले एउटा नयाँ मोड लिएको छ।

सन् १९८९ मा पानमामा हमला गरेयताको त्यो उक्त क्षेत्रमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य परिचालन हो।

तीन दशकभन्दा बढी समयअघि म्यान्वेल नोरिएगालाई लागुपदार्थ तस्करीको आरोप लगाइएजस्तै यतिखेर भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले समेत उस्तै आरोप खेप्नुभएको छ। जसलाई उहाँले जोडदार रूपमा अस्वीकार गर्नुहुन्छ ।

उता वाशिङ्टनले विश्वको सबैभन्दा ठूलो र निकै परिष्कृत विमानवाहक युद्धपोत भेनेजुएलाको छेवैमा खटाए तापनि आफ्नो मनसाय अस्पष्ट राखेको छ। यद्यपि कराकसले भने सबैभन्दा खराब अवस्थाको लागि तयारी गरिरहेको देखिन्छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपतिलाई सत्ता त्याग्न दबाव बढाउनुभएको छ। उहाँले जतिसुकै बेला भेनेजुएलामाथि आक्रमण हुन सक्ने बताउनुभएको छ।

हालै रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले स्थल, समुद्री, हवाई, नदी र क्षेप्यास्त्रका सैन्यबललाई नागरिक मिलिसियासहित देशभर व्यापक रूपमा खटाउने घोषणा गर्नुभएको थियो ।

उहाँले त्यसलाई मदुरोको सरकारविरोधी जोखिमको प्रतिकार्यका लागि चालिएको कदम बताउनुभएको थियो।

आफ्नो टेलिभिजन सम्बोधनमा लोपेजले यस अन्तर्गत झण्डै २ लाखको सङ्ख्यामा फौज खटाएको बताउनुभयो।

भेनेजुएलाको सेना

त्यस क्षेत्रमा अमेरिकी सुपरक्यारिअरूको आगमनलाई व्यापक रूपमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चालेको अरूलाई उक्साउने कदमका रूपमा हेरिएको छ।

उहाँले भेनेजुएलामा लागु पदार्थ तस्करी गिरोहको आरोप लगाएकाहरूविरुद्ध चालेको सैन्य कारबाहीमध्ये एउटा घटनामा स्पिडबोट र पनडुब्बी डुङ्गामा रहेका ८० जनाभन्दा धेरैको मृत्यु भइसकेको छ।

तर केही विश्लेषकहरूले यो कदम मदुरोलाई कमजोर पार्ने वा उहाँको सरकार ढाल्ने व्यापक रणनीतिको एउटा अंश हुन सक्ने बताएका छन् ।

विपक्षी तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले धाँधलीपूर्ण बताएको गत वर्षको राष्ट्रपतीय चुनावलाई वाशिङ्टनले अवैध ठान्दै आएको छ।

आफ्नो विगतको छाया

के मदुरोको सेनाले संसारको सबैभन्दा शक्तिशाली सेनाको आक्रमणको सामना गर्न सक्छरु

गत सेप्टेम्बरमा मदुरोले भेनेजुएलाको रक्षा गर्न ८० लाखभन्दा बढी मानिसहरूले हस्ताक्षर गरेको दाबी गर्दै उहाँले त्यस आकारको मिलिसियालाई हतियार दिन सक्ने बताउनुभयो।

विज्ञहरूले उक्त संख्याप्रति कडा असहमति जनाएका छन्।

“यो सत्य होइन। वास्तविक संख्या निकै कम छ। मदुरोले गत वर्ष ४० लाख मत प्राप्त गर्न पनि सकेनन्,ू सन् २०२० देखि सन् २०२३ सम्म बोगोटामा रहेका पूर्व शीर्ष अमेरिकी कूटनीतिज्ञ जेम्स स्टोरीले बीबीसी मुन्डोसँग भन्नुभयो ूर सेनामा पलायन दर निकै उच्च छ।”

इन्टरन्याश्नल इन्स्टिच्युट फर स्ट्रटेजिक स्टडीज (आईआईएसएस) को एक रिपोर्टका अनुसार भेनेजुएलामा १ लाख २३ हजार सक्रिय सेनाका साथै २ लाख २० हजार मिलिसियाका सदस्यहरू र ८ हजारको सङ्ख्यामा जगेडा सैनिकहरू रहेको अनुमान छ।

विज्ञहरू कमजोर सेनाबीच राष्ट्रपति निकोलास मदुरो र उहाँका सहयोगीहरू छापामार शैलीको युद्धको तयारी गरिरहेको ठान्छन् ।

स्टोरीका अनुसार भेनेजुएलाका सैनिकहरूले विरलै तालिम लिने वा आफ्नो युद्ध सामग्रीको स्याहारसुसार गर्ने गर्दछन्। र चाभिस्टा मिलिसियका धेरैजसो सदस्यहरूसँग हतियार पनि छैन।

“सायद सेनामा केही सक्षम एकाइहरू छन्। तर लडाकु दस्ताका रूपमा उनीहरू खास रूपमा सक्षम छैनन्।”

उहाँले भेनेजुएलाको सेना ‘उस्को पुरानो अवस्थाको छाया मात्र’ भए तापनि त्यसमा अझै पनि ‘केही विशिष्ट स्रोतहरू’ रहेको स्विकार्नुहुन्छ।

सन् २००६ मा पूर्वराष्ट्रपति ह्युगो चाभेजले रूसबाट खरिद गरेका लगभग २० सुखोई लडाकु विमानहरूका अतिरिक्त भेनेजुएलाले सन् १९८० को दशकमा एक दर्जनभन्दा बढी अमेरिका निर्मित एफ १६ पनि प्राप्त गरेको थियो।

त्यसबेला कराकस वाशिङ्टनको एक प्रमुख क्षेत्रीय सहयोगीमा पर्दथ्यो।

“सुखोई लडाकु जेटहरू यस क्षेत्रका अरू भन्दा उत्कृष्ट छन् र ती केही अझै पनि सञ्चालनमा छन्। एफ(१६ बारे चाहिँ मलाई लाग्छ एक वा दुईवटाले अझै पनि काम गरिरहेका छन्”, स्टोरीले भन्नुभयो ।

विमानभेदी क्षेप्यास्त्र र ड्रोनहरू

गत अक्टोबरको अन्त्यतिर अमेरिकासँग तनाव बढिरहँदा मदुरोले भेनेजुएलाले ५ हजारवटा रुसमा बनेका इग्ला(एस विमानभेदी क्षेप्यास्त्र आफ्ना ‘मुख्य हवाई प्रतिरक्षा स्थलहरूमा’ तैनाथ गरेको जनाउनुभएको थियो।

“संसारको जुनसुकै सैन्य बललाई इग्ला(एसको शक्ति थाहा छ”, मदुरोले टेलिभिजनमा प्रशारित एक सैन्य कार्यक्रममा भन्नुभयो ।

इग्ला-एस छोटो दूरीमा, कम उचाइमा रहेका निशानामा मार गर्न सक्ने र बोकेर सजिलै यताउता लैजान सकिने हवाई प्रतिरक्षा प्रणाली हो जसले क्रूज मिसाइल, ड्रोन, हेलिकप्टर र कम उचाईमा उडान गर्ने विमानहरूलाई खसाल्न सक्छ।

भेनेजुएलासँग चीनमा निर्मित भीएन-४ बख्तरबन्द सवारी साधनहरू समेत छन् र हालैका वर्षमा उक्त देश हमलाकारी सशस्त्र ड्रोनहरूले सुसज्जित एक मात्र दक्षिण अमेरिकी देश बनेको छ।

निकोलास मदुरोले सन् २०२२ को सैन्य परेडको समयमा तिनको प्रदर्शन गरेका थिए।

भेनेजुएलाले इरानबाट पेकाप-थ्री नामक द्रुत हमलाकारी डुङ्गाहरू समेत प्राप्त गरेको छ। त्यसमा पानीजहाजप्रतिरोधी मिसाइल लन्चरहरूजडित छन्।

एन्टोनियो जोसे डे सुक्रे १०० र २०० (एएनएसयू-१०० र एएनएसयू-२००) भेनेजुएलामै निर्मित ड्रोनहरू हुन् जुन इरानी मोडेलहरूको अपग्रेड गरिएका संस्करणहरूमा आधारित छन्।

त्यसबाहेक उक्त देशले रुसले बनाएको प्यान्टसिर-एस१ र बुक(एम२ई जमिनबाट)आकाशमा हमला गर्ने मिसाइल प्रणालीहरू प्राप्त गरेको जनाएको थियो।

रुसी सांसद एलेक्सी झुरावलेभका अनुसार हालै तिनलाई इल-७६ मालवाहक विमानहरूमा कराकसमा पठाइएको जनाएका छन्।

भेनेजुएलाको अस्त्र सञ्जाल

तर ‘भेनेजुएलाको दाबी र वास्तविकताबीच ठूलो खाडल छ’, रिजनल कोअर्डिनेटर अफ इकोनोमिक एण्ड सोसल रिसर्च (सीआरआईइएस) मा विदेश नीति तथा रक्षा विशेषज्ञ रहेका एक अन्तर्राष्ट्रिय विश्लेषक डा. आन्द्रेई सेर्बिन पोन्टले भन्नुभयो।

भेनेजुएलाभित्र प्रत्यक्ष हमलाहरू थप बढ्न सक्ने विवरणहरूमाझ उक्त देशको हवाइ सुरक्षा प्रणालीले बढ्दो रूपमा ध्यान आकर्षित गरेको छ।

यद्यपि डा. सेर्बिन पोन्टले बीबीसीलाई बताए अनुसार जमिन(बाट(आकाशमा प्रहार गर्ने मिसाइल प्रणाली पेचोराजस्ता धेरैजसोको डिजाइन सन् १९६० को दशकको हो।

ती या त सेवाबाहिर छन् वा तिनलाई अमेरिकी प्रविधिद्वारा ूसजिलै गलाउनू सकिन्छ।

लामो युद्धको तयारी

कैयौँ विश्लेषकहरूका विश्वासमा मदुरो र उनको भित्री समूह गुरिल्ला युद्धको तयारीमा छ।

गत सेप्टेम्बरमा भेनेजुएलाका गृहमन्त्री डिओस्डाडो काबेलोले देश ‘लामो युद्ध’ को लागि तयार रहेको चेतावनी दिनुभएको थियो ।

त्यसको केही समयपछि मदुरोको सरकारले बोलिभेरियन राष्ट्रिय सशस्त्र बल (एफएएनबी) का सिपाहीहरूलाई गरिब समुदायका स्वयंसेवकहरूलाई हतियार प्रयोग गर्न तालिम दिन आदेश दिएको थियो।

स्टोरीले भेनेजुएलाका मानिसहरू यस्तो अभियानमा मदुरोको पछाडि लाग्ने धारणालाई खारेज गर्छन् ।

“मदुरोलाई सेनाले र त्यहाँका आमनागरिकले पनि खासै मन पराउँदैनन्। र त्यसैले मलाई लाग्दैन कि मानिसहरूले उशमम्लाई पछ्याउनेछन् वा छापामार युद्धमा समर्थन गर्नेछन्।”

भेनेजुएलाको सरकारले उग्र अमेरिका विरोधी अभिव्यक्ति चर्काए तापनि डा सर्बिन पोन्टले उसको सेना अमेरिकासँग वास्तविक द्वन्द्वको लागि तयार नरहेको बताउनुहुन्छ।

“छिमेकी देश कोलम्बिया वा ब्रजिलसँगको द्वन्द्वमा भेनेजुएलाको परम्परागत हतियार प्रणाली उपयोगी हुन सक्छ”, उहाँले बताउनुभयो, “तर सम्भवतः अमेरिकालाई त्यसबाट कुनै वास्तविक खतरा पुग्ला जस्तो छैन।”

Share Now