Prakash Adhikari September 2, 2018

क्वाललम्पुर(मलेशिया),१७ भदौ । एसीसी कप छनोट प्रतियोगिताको चौथो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले हराएको छ ।

Anil Sah

मलेसियाको युकेएम ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ४२ ओभरमा १ सय ५१ रनमा अलआउट भयो । सिंगापुरमाथि सुरुदेखि नेपाली बलर हाबी भए । सिंगापुरले १८ रन बनाउदा ३ विकेट गुमाएको थियो ।

चौथो विकेटका लागि चेतन रामचन्द्र र अनिश इडवार्डले ८० रनको साझेजारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए । तर उनको जोडीलाई दिपेन्द्र ऐरीले तोडे । अनिशलाई दिपेन्द्रले ३१ रनमा रनआउट गरेपछि सिंगापुर ९८ रनमा चार विकेट गुमायो । तर सिंगापुरको विकेट झर्ने क्रम यतिमा रोकिएन ।

१ सय १८ रन बनाउदा सिंगापुरका ६ जना खेलाडी पेभेलियन फर्किए ।

बलिङतर्फ ललित राजवंशी र सन्दिप लामिछाने ३र३ तथा सोमपाल कामीले २ विकेट लिए ।

जवाफमा नेपालले २८ ओभर एक बलमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । नेपालले बलियो सुरुवात गर्दै पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेको थियो । तर ७३ रन बनाउदा नेपाललले तीन विकेट गुमाउन पुग्यो ।

अनिलकुमार शा ४३ रनमा आउट भए भने सुवास खकुरेल १४ र कप्तान पारस खड्का ११ रनमा पेभेलियन फर्किए ।

फाइनलको आशा जीवितै

Lalit Rajbanshi

आइतवार भएको चौथो चरणको खेलमा ओमान र हङकङबीचको खेल वर्षाका कारण रद्ध भएपछि ओमान ४ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ। ओमानलाई अब फाइनल पुग्न अन्तिम खेलमा युएईसँग बराबरी या जित हात पारे काफी हुन्छ।

यस्तै ४ खेलबाट ६ अंक जोडेको युएई दोस्रो स्थानमा रहँदा ओमानसँग अंक बाढेको हङकङ ५ अंकसहित तेस्रो स्थानमा छ। नेपाल ४ अंकसहित चौथो स्थानमा छ।

घरेलु टोली मलेसियासँगै सबै खेलमा पारजित सिंगापुर उपाधि होडबाट बाहिरिसकेका छन्।

अब राउण्ड रोविन लिगको ३ खेल मात्र बाँकी छ जसबाट चार टोलीमध्ये २ टोली फाइनलमा पुग्नेछन्।

लिगको अन्तिम खेलमा ओमानले युएई तथा नेपालले हङकङसँग खेल्नेछन्।

यी खेलमा ओमान र हङकङ विजयी भए दुवै टोली फाइनल पुग्नेछन्। तर युएईले पनि ओमानलाई हराए फाइनलमा पुग्नेछ।

यता हङकङले नेपाललाई हराए समान ७ अंक भएपछि हङकङ र ओमानबीच राम्रो रनरेट हुने टोली फाइनलमा पुग्नेछ।

तर उपाधि जित्ने लक्ष्यसहित मलेसिया पुगेको नेपालका लागि फाइनल प्रवेश कठीन बनेको छ।

नेपालले फाइनलमा स्थान बनाउन अन्तिम खेलमा ओमानले युएईलाई फराकिलो रनअन्तरले हराउनु पर्नेछ भने नेपालले पनि हङकङमाथि ठूलो जित निकाल्नुपर्नेछ।

अचौथो चरणको खेल सकिँदासम्म युएईको रनरेट १।५८३ छ भने नेपालको रनरेट ०।१७६ छ। यस्तोमा नेपाललाई रनरेट सुधार्नुपर्नेछ।

यसअघि हङकङसँग ठूलो हार व्यहोरेको युएईले आइतवार घरेलु टोलीलाई ८ ओभरमै हराएपछि रेनरेट बढाएको हो।

त्यसले गर्दा नेपाललाई अब फराकिलो जितको आवश्यकता छ।

पहिलो खेलमै ओमानसँग पराजित नेपालले युएईसँग पनि पराजय भोग्दै फाइनल चरण प्रवेशलाई कठिन पारेको थियो। तर, त्यसपछि लगातार दुई खेल जित्दै नेपालले पनि फाइनल पुग्ने आशा कायमै राखेको छ।

चौथो विकेटका लागि ज्ञानेन्द्र मल्ल र दिपेन्द्रसिंह ऐरी विच ४७ रनको साझेदारी गरे । तर ज्ञानेन्द्र २९ रनमा आउट हुदा नेपाललले १ सय १९ रन बनाएको छ ।

सामान्य लक्ष्य पक्ष्याएको नेपालले १ सय ४८ रन बनाउदा ६ विकेट खेर फाल्यो । सागर पुनले १४ रन बनाउदा दिपेन्द्र ऐरीले ३३ रन जोडे ।

Share Now

Leave a comment.