Prakash Adhikari February 14, 2026

मुम्बई(महाराष्ट्र, भारत), ३ फागुन । आईसीसी टी २० विश्वकप अन्तरगत आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले समूह चरणअन्तर्गत तेस्रो खेल वेस्ट इन्डिजसंग खेल्दै छ ।

खेल मुम्बईको वानखेडे रगंशालामा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।

सुरुवातका दुई खेलको विजयी नतिजा आफ्नो पक्षमा ल्याउन नसकेको नेपाली टोलीले सुपर एटको झिनो सम्भावनालाई कायम राख्नका लागि आजको खेल जित्नैपर्ने हुन्छ।

नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग मात्र ४ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाली खेलाडीहरुले फिल्डरको अवस्था, आफ्नो क्षमता र वैकल्पिक रणनीति चाल्ने चलाखी नअपनाउदा अनपेक्षित पराजय खेपेका थिए ।

वेस्ट हालसम्म खेलेको समूह चरणका दुवै खेलमा विजयी भएको छ । पहिलो खेलमा स्कटल्यान्डलाई ३५ रन र दोस्रो खेलमा इंग्ल्यान्डलाई ३० रनको जित निकालेको थियो।

केही महिनाअघि युएईमा भएको ३ खेलको टि ट्वान्टी सिरिजमा वेस्ट इन्डिजले नेपालसँग २-१ ले पराजित भएको थियो।

त्यो बेला वेस्ट इन्डिज टोलीका कप्तान रहेका अकिल हुेसन र जेसन होल्डर पनि आइतबार नेपालसँग हुने खेलमा खेल्नेछन् ।

 

Share Now