काठमाडौँ, ४ फागुनः आज स्थानीय बजारमा सनचाँदीको मूल्यमा केही कमी आएको छ । सुन रु ३ हजारले र चाँदी रु १ सय २५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु ३ लाख दुई हजार ८ सय तथा एक तोला चाँदीको मोल रु चार हजार ८ सय ६० निर्धारण भएको छ ।
साताको पहिलो दिन हिजो आइताबार बजार खुल्दा प्रतितोला छापावाल सुन रु ३ लाख ५ हजार ८सय र त्यति नै चाँदी रु ४ हजार ९ सय ८५ मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ५ हजार २५ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।








