Prakash Adhikari September 9, 2018

काठमाडौं,२४ भदौ । संघ र प्रदेशबीच राजनीतिक विवाद समाधान गर्न बनाइएको अन्तर-प्रदेश परिषद्को बैठक तत्काल नभएमा प्रदेश सरकार सञ्चालनमा देखिएका समस्या अझै लम्बिन सक्ने मुख्यमन्त्रीहरूले चेतावनी दिएका छन्।

आइतवारका लागि बोलाइएको परिषद्को बैठकमा सबै मुख्यमन्त्रीहरू बसेर औँल्याएका प्रदेशहरूका साझा समस्याबारे छलफल गरी समाधानको निकास खोज्ने योजना थियो।

तर प्रधानमन्त्रीले उक्त बैठक स्थगित गरिदिएका छन्।

संघ र प्रदेशबीच तथा प्रदेश-प्रदेशबीच उत्पन्न राजनीतिक विवाद निरूपण गर्न एउटा अन्तर-प्रदेश परिषद् रहने संविधानिक व्यवस्था छ।

अन्योल
प्रधानमन्त्री अध्यक्ष रहने र सातै प्रदेशका मुख्यमन्त्रीसहित केन्द्र सरकारका दुईजना मन्त्री सदस्य रहने उक्त परिषद्को बैठक स्थगित भएको जानकारी मुख्यमन्त्रीहरूलाई गराइएको छ।

परिषद्को बैठक त अनिवार्य जस्तै भइसकेको थियो। चाँडो गर्नुपर्‍यो भनेकै हो। तर बोलाइएको बैठक पनि स्थगित भयो
पृथ्वीसुब्बा गुरुङ, मुख्यमन्त्री, गण्डकी प्रदेश

बैठकमा प्रदेश सरकार सञ्चालनमा देखिएका समस्याबारे विस्तृत छलफल गर्ने योजनामा रहेका मुख्यमन्त्रीहरू एकाएक स्थगित हुदाँ अन्योलमा परेका छन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भन्छन्, “परिषद्को बैठक त अनिवार्य जस्तै भइसकेको थियो। चाँडो गर्नुपर्‍यो भनेकै हो। तर बोलाइएको बैठक पनि स्थगित भयो।”

तस्वीर कपीराइटRSS
“बैठक भएको भए कर्मचारी व्यवस्था, चलअचल, भौतिक सम्पत्ति र संरचनाको स्वामित्व बाँडफाँट हुन्थ्यो। प्रदेश प्रहरी लगायतका सुरक्षा निकायको सञ्चालन जस्ता विषय पनि टुङ्गो लाग्थ्यो, तर हुन सकेन।”

केही दिनअघि ६ जना मुख्यमन्त्रीले पोखरा भेलामा परिषद् बैठकमा लैजाने साझा विषय तयार पारेका थिए।

तयार पारिएका समस्याका सूचीबारे केन्द्र सरकारसँग हुने छलफलले निकास निकाल्ने र प्रदेशको कामलाई गति दिने बाटो खुल्ने अपेक्षा आफूहरूले राखेको प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले बताए।

वितृष्णा

तर उक्त बैठक नहुँदा कामलाई गति दिन समस्या हुने उनको भनाइ छ।

मुख्यमन्त्री राउतले भने, “त्यो बैठक मुलुकलाई एउटा गति दिनका लागि हो। प्रदेश सरकार गठन भएको झण्डै ७ महिना पुग्न लाग्यो, अब पनि हामीले काम गर्न सकेनौँ भने जनतामा वितृष्णा हुन्छ र आक्रोश बढ्छ।”

प्रदेश सरकार गठन भएको झण्डै ७ महिना पुग्न लाग्यो, अब पनि हामीले काम गर्न सकेनौँ भने जनतामा वितृष्णा हुन्छ र आक्रोश बढ्छ
लालबाबु राउत, मुख्यमन्त्री, प्रदेश २

परिषद्को बैठक स्थगित हुनुको कारणबारे आफूहरूलाई जानकारी नगराइएको मुख्यमन्त्रीहरूले बताएका छन्।

गित भएको र छिट्टै बोलाइने प्रधानमन्त्रीको सचिवालयका अधिकारीहरूको भनाइ छ।

अधिकांश मुख्यमन्त्रीहरू काठमाण्डू आइसकेको पृष्ठभूमिमा बैठक स्थिगित हुनुको पछाडि प्रधानमन्त्रीको व्यस्तता नभइ मुख्यमन्त्रीहरूको पोखरा भेलाबाट उनी असन्तुष्ट हुनु रहेको हुनसक्ने कतिपय विशलेषकहरूको ठम्याइ छ।

बीबीसीबाट

Share Now

Leave a comment.