Prakash Adhikari February 26, 2026

काठमाडौं, १४ फागुन । जय ट्रफी मेन्स एलिट कपमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल एपीएफ क्लब पहिलो दिन पहिलो इनिङमा १ सय १२ रनले पछाडि परेको छ।

पहिलो दिन बिहीवारको खेल सकिँदा एपीएफले ९ विकेट गुमाउँदै १ सय ४० रन जोडे छ। एपीएफका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक नटआउट ४८ रनमा छन् ।

ओपनर दीपक बोहोराले २१, आसिफ शेख र लोकेश बमले समान १४ तथा सुमित महर्जनले १५ बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

आर्मीका सोमपाल कामीले ४, नरेन साउदले २, तृतराज दास र बसिर अहमदले समान १ विकेट लिए। मुलपानी मैदानमा त्यसअघि टस जितेर एपीएफले फिल्डिङ रोजेको थियो।

तृतराजको शतकसँगै ९ विकेटको नोक्सानीमा २ सय ५२ रन बनाउँदै आर्मीले पहिलो इनिङ समाप्तिको घोषणा गर्यो।

ओपनर तृतराजले १ सय ५९ बल‌ खेल्ने क्रममा १० चौका र २ छक्काको मद्दतमा १ सय २ रन बनाए । अर्का ओपनर इमरान शेखले १ सय ३४ बलमा ७ चौका र २ छक्कासहित ७१ रन जोडे।

तृतराज र इमरानले पहिलो विकेटका लागि १ सय ७२ रनको साझेदारी गरे। बसिरले २० र कुशलले १७ रन बाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।‌ एपिएफका युवराज खत्रीले ५ र कप्तान रोहितले २ विकेट लिए।

पुलिसको अग्रता

जय ट्रफी मेन्स एलिट कपको पहिला दिनको खेल समाप्तिमा नेपाल पुलिस क्लबले बागमती प्रदेशविरुद्ध ६० रनको अग्रता लिएको छ।

पुलिसले ४ विकेट गुमाउँदै २ सय ४५ रन बनाउँदा बिहिवार खेल सकिएको छ। दिलशाद अली ३७ र कप्तान आरिफ शेख १७ रनमा आउट रहँदा दिनको खेल सकिएको हो।

पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ९६ रन बनाए। ८४ बल खेलेका कुशलले‌ १६ चौका प्रहार गरे। शंकर राना ४८ र अमित श्रेष्ठले ३९ रन जोडे । बागमतीका इशान पाण्डेले २, गौतम केसी र कप्तान सन्दीप लामिछानेले समान १ विकेट लिए।

कीर्तिपुरस्थित टियु क्रिकेट स्टेडियममा टस जितेर पुलिसले फिल्डिङ रोजेको थियो। पहिला गरेको बागमतीले पहिलो इनिङमा १ सय ८५ रन बनाउँदा सबै विकेट गुमायो ।

पुलिसका लागि विपिन आचार्यले नटआउट ४६ रन जोडे । इशानले ४१ , सूर्य तामाङले २४, गौतमले २१, सन्दीपले १४ र विवेक मगरले १२ रन बनाए।

पुलिसका करण केसीले ४, ललित राजवंशीले ३ तथा सागर ढकाल, रसिद खान र कुशलले समान १ विकेट लिए।(स्रोतः हाम्रो खेलकूद)

Share Now