Prakash Adhikari March 6, 2026

 

काठमाडौं, २२ फागुन । प्रतिनिधि सभा निर्वाचन २०८२ को पहिलो नतिजा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पक्षमा गएको छ ।

भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार काठमाडौं क्षेत्र नं १ की रास्वपा उम्मेदवार रञ्जु न्यौपाने(दर्शना)ले १५ हजार ४ सय ५५ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका निकटतम् प्रतिद्धन्द्धी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३ सय ६४ मत ल्याउनुभयो । अघिल्ला दुई निर्वाचनमा जित झिनो मतान्तरले पराजित हुँदै आउनुभएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९ सय ७२ मत पाउनुभयो ।

यस्तै एमालेका मोहनराज रेग्मीले १ हजार ६ सय १८ मत, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३ सय ४५ मत, श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४ सय २६ मत पाउनुभएको छ।

Share Now