Prakash Adhikari March 14, 2026

काठमाडौं,३० फागुन । नेकपा एमालेले समानुपातिक सांसदको टुंगो लगाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डूमा बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीलाई प्राप्त समानुपातिक सांसदको सिटअनुसार नाम टुंगो लगाएको सचिव लेखराज भट्टले जानकारी दिनुभयो ।

सचिव भट्टले  दिनुभएको जानकारीअनुसार बैठकले जनजातीतर्फ ४, खसआर्यतर्फ ५, मधेसीतर्फ ३, दलिततर्फ दुई, मुस्लिमतर्फ एक र थारुतर्फ जनाको नाम टुंगो लगाएको हो ।

यी हुन समानुपातिकमा छानिएका नाम

जनजाति (४ जना)
महिला :
• भूमिका सुब्बा
• गंगादेवी श्रेष्ठ
पुरुष :
• रामबहादुर थापा मगर
• कुलभक्त शाक्य
खस आर्य (५ जना)
महिला :
• पद्मा अर्याल
• टुकाभद्रा हमाल
• एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष :
• गुरु प्रसाद बराल
• पुष्पराज कंडेल
थारु (१ जना)
• कृपाराम राणा (पुरुष)
दलित (२ जना)
महिला :
• विष्णुमाया वी.के.
• नीता घटानी
मधेसी (३ जना) महिला
महिला :
• रिङ्ला यादव
• यशोधा कुमारी यादव
पुरुष :
• चन्द्रेश्वर मण्डल (पुरुष)
मुस्लिम
महिला :
• साजिदा सिद्दीकी

Share Now