Prakash Adhikari September 20, 2018

काठमाडौं, ४ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका लागि आज नवीनकुमार घिमिरेमाथि संसदीय सुनुवाई हुँदैछ ।

आयोगका प्रस्तावित प्रमुख आयुक्त घिमिरेलाई संसद सचिवालय संसदीय सुनुवाईका लागि दिउसो १ बजे सार्वजनिक लेखा समितिको हलमा बोलाइएको महासचिव मनोहर प्रसाद भट्टराईले जनाउनुभएको छ ।

संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा घिमिरेले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै हुनुहुन्छ ।

उहाँ हाल कायममुकायम प्रमुख आयुक्त भएर अख्तियारलाई नेतृत्व दिइरहनुभएको छ ।

 

Share Now

Leave a comment.