Prakash Adhikari June 5, 2026
काठमाडौँ, २२ जेठः साताको अन्तिम कारोबार दिन नेपालको शेयर बजार ओरालो लागेर बन्द भयो । यस दिन धितोपत्र बजार परिसूचक ११.३७ अङ्कले ओरालो लागेर २७५५.४१ मा रोकियो ।
यस दिन ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७७ अङ्कले ओरालो लागेर चार सय ७१ दशमलव ९९ मा सीमित भएको छ ।

आज कूल ३ सय ५१ स्टकका कम्पनीको एक करोड २७ लाख ३२ हजार ८ सय ६८ कित्ता शेयरको खरिदबिक्रीबाट रु ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार ८ सय २३ रुपैयाको कारोबार भएको छ ।

कारोबारका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । यस्तै, सिटी होटल लिमिटेड, एनबिबिएल डिवेञ्चर, सेन्ट्रल फाइनान्स  र रिडी पावर कम्पनी शीर्ष पाँचभित्र पर्न सफल भएका छन्  ।
कालिञ्चोक हाइड्रोपावर, उपकार लघुवित्त, लक्ष्मी बैंकको डिवेञ्चर,वेष्ट फाइनान्स कम्पनी र सिटी होटलका लगानीकर्ताले आज कमाएका छन् ।
यस्तै, एबिएल डिवेञ्चर, होटल फरेष्ट इन, माविलुङ इनर्जी,रिजलाइन इनर्जी र सूर्यकुण्ड हाइड्रोका लगानीकतर्ताले भने गमुाएका छन् ।
Share Now