Prakash Adhikari June 8, 2026

काठमाडौं, २५ जेठ । संसदमा बजेट प्रस्तुत गरेपछि शेयर बजारमा निरन्तर उत्साह थपिनु पर्ने हो तर बिडम्बना झण्डै दुई तिहाईको बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बन्दा पनि नेपालको पूँजी बजारमा उत्साह आउन सकेन । सरकारले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा बजेट पेश गरेपछि पनि शेयर बजारमा ज्यान पलाउन सकेन । बजेट आएको १० दिनपछि पनि पूँजी बजारको अवस्थामा कुनै परिवर्तन आएको छैन ।

साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार ओरालो लागेको छ । धितोपत्र बजार परिसूचक २०.२७ अंक घटेर २७३५.१४ बिन्दुमा आइपुगेको छ । यसअघि शुक्रबार ११ तथा बिहीबार १३ अंकले बजार परिसूचक नेप्से घटेको थियो ।

आज ३ सय ५६ स्क्रिप्टको ९२ लाख ३६ हजार ६ सय ७७ कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब, ८ करोड, ४८ लाख ९६ हजार १ सय ९० रुपैया ३१ पैसाको कारोबार भएको छ ।

आज फाइनान्सबाहेक सबै समूहका सूचक घटेका छन् ।

कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको १३.११, सोपान फर्मास्युटिकल्सको ९.९८, सामुदायिक लघुवित्तको ८.८५ प्रतिशत मूल्य बढ्यो । घटेको बजारमा पनि मूल्य बढ्ने अन्य स्क्रिप्टहरुमा सिभिल बैंक डिबेञ्चर ८८, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स, लक्ष्मी उन्नति कोष,कुमारी बैंक लिमिटेड डिबेञ्चर ९०, सिद्धार्थ बैंक डिबेञ्चर ८९, एसबीआई डिबेञ्चर ९० रहेका छन् ।

यस दिन अधिक मूल्य घट्ने स्क्रिप्टहरुमा उपकार लघुवित्त,सयपत्री हाइड्रोपावर, सानिमा बैंक डिबेञ्चर ८५, आईसीएफसी डिबेञ्चर ८३,, सूर्यकुन्ड हाइड्रो, विकास हाइड्रो, एभरेष्ट बैंक डिबेञ्चर ८६, एनआईबी डिबेञ्चर ८४, भुजुड. हाइड्रो, हिमालयन लाईफ इन्स्योरेन्स लार्ज क्याप फण्ड रहेका छन् ।

आज धेरै कारोबार भएकामा कम्पनीमा आँखुखोला जलविद्युत्, नेशनल हाइड्रोपावर कम्पनी, सेन्ट्रल फाइनान्स, सिटी होटल, कुमारी धनबृद्धि योजना, कुमारी बैंक लिमिटेड, रिडीपावरवेष्ट फाइनान्स, अपी पावर, र रिलायन्स फाइनान्स रहेका छन् ।

Share Now