Prakash Adhikari June 11, 2026

काठमाडौ, २८ जेठ। आज नेपालको शेयर बजार ओरालो लागेको छ । साताको चौथौ कारोबार दिन धितोपत्र बजार परिसूचक ८.१४ अंकले घटेर २७२८.०३ विन्दुमा थामिएको छ ।

आज धितोपत्र बजारमा विभिन्न कम्पनीका ३ सय ५० थरी सेयरको कारोबार भएका छन् । यी मध्ये ८२ स्टकका सेयरमूल्य बढेका छन् भने १ सय ७८ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ । १३ स्टकको शेयर मूल्य अघिल्लो कारोबार दिनको मूल्यमा यथावत रहेको छ।

आज कुल ९२ लाख ३१ हजार २ सय १६ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ९० करोड ६२ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम बुधबारको तुलनामा ९ प्रतिशतले कमी हो ।

आज सेयर बजारमा सूचकिृत समूहमध्ये होटेल तथा पर्यटन र उत्पादनशील तथा प्रशोधन समूहका परिसूचक मात्रै सकारात्मक रहेका छन् । अरु बाँकी सबै समूहका परिसूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै वित्त समूहको परिसूचक १.४५ प्रतिशतले घटेको छ ।

आज घटेको बजारमा पनि अधिक मूल्य बढ्ने १० कम्पनीहरुमा सोपान फर्मास्युटिकल्स् लिमिटेड, एपोलो हाइड्रोपावर लिमिटेड , बोटलर्स नेपाल लिमिटेड, अपर लोहरेखोला हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, सिटी होटल्स, नारायणी विकास बैंक,कालिञ्चोक हाइड्रो, सयपत्री हाइड्रो र एसबीएल डिबेञ्चार ९१ रहेका छन् ।

यस दिन अधिक मूल्य घट्ने कम्पनीहरुमा सप्तकोसी डेभलपमेन्ट बैंक, प्रभु बैंकका डिवेञ्चर ८७, एनबीबी डिबेञ्चर ८५, एसबीआई डिबेञ्चर ९०, राबा खोला हाइड्रो, रिलायन्स फाइनान्स लिमिटेड, बेष्ट फाइनान्स, नबिल डिबेञ्चर ८९ र सुपर खुँदी हाइड्रो पावर रहेका छन् ।

यस दिन अधिक रकमको कारोबार हुने कम्पनीहरुमा सिटी होटल्स, सेन्ट्रल फाइनान्स, बुंगाल हाइड्रो, पिपुल्स हाइड्रो, आँखु खोला जलविद्युत, एभरेष्ट बैंक डिबेञ्चर ९१, कालिञ्चोक हाइड्रो पावर, सप्तकोशी विकास बैंक,रिलायन्स स्पिनिड.मिल र अपर हेवा रहेका छन् ।

 

Share Now