Prakash Adhikari June 29, 2026

 

काठमाडौं, १५ आषाढ ।   नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ४ सय रुपैयाँ र चाँदी प्रतीतोला १५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँ काराेबार भएको छ। आईतबारको सुन तोलामा २ लाख ८३ हजार ८ सय रुपैयाँ किनबेच भएको थियो।

त्यस्तै आजको बजारमा चाँदी तोलामा ४ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा चाँदी तोलामा ४  हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

Share Now