Prakash Adhikari July 23, 2026

आर्म्टडरडम (नेदरल्याण्ड्स), ७ साउन । आईसीसी  क्रिकेट विश्वकप लिग २ को छनोट चरण अन्तरगत आज नेपालले नेदरल्याण्ड्ससंग खेल्दै छ ।

छनोट चरण अन्तरगतको यो १ सय १६ औं खेल नेदरल्याण्ड्सको उत्रेचस्थित स्पोर्टस्पार्क मार्शलकरविर्ड रंगशालामा हुने खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ ।

यस अगाडि नामिबियासंगको खेलमा अनपेक्षित पराजय ब्यहोरेको नेपाल यो खेल जित्ने तयारीमा छ ।

निकट विगतका पाँच खेलको इतिहास हेर्ने हो भने नेपालले तीन खेल जितेको छ । दुईमा पराजय ब्यहोरेको छ । नेदरल्याण्ड्सले भने दुई खेल जितेको छ । एक खेल हारेको छ । एक खेल नतिजाबिहिन भएको छ । एक खेल रद्द भएको छ ।

त्यस्तै नेपाल र नेदरल्याण्ड्सबीच भएका निकट विगतका पाँच खेलमा नेपालले तीन खेल जितेको छ भने नेदरल्याण्ड्सले दुई खेल ।

नेपालले १० जुन २०२५ मा भएको खेल १६ रनको जित निकालेको थियो । त्यस्तै ४ जुनमा भएको खेलमा पनि नेपाल १७ बल बाँकी छँदै पाँच विकेटले विजयी बनेको थियो ।

त्यस अगाडि २०२४ को २५ फेब्रअरीमा भएको खेलमा नेपाललाई नेदरल्याण्ड्सले ७३ बल बाँकी रहदा नै ८ विकेटले पराजित गरेको थियो । तर सोही बर्ष १७ फेब्रुअरीमा भएको खेलमा नेपाल २०८ बल बाँकी रहदा ९ विकेटले विजयी बनेको थियो ।

त्यस अगाडिको २०२३ जुन २४ मा भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई १ सय ३७ बल बाँकी छँदै ७ विकेटले जितेको थियो ।

लिग २ को खेलमा नेदरल्याण्ड्सले २८ खेलमा १४ जित, १० हार, ४ नो रिजल्टसहित ३२ अंक हासिल गरेर तेस्रो स्थान ओगटेको छ ।

नोपल भने २९ खेलमा ११ जित, १६ हार, २ नो रिजल्टसहित २४ अंक हासिल गर्दै पाँचौ स्थानमा छ ।

यो श्रृखलाको अर्को सहभागी नामिबिया पनि नेपाललाई अघिल्लो खेलमा पराजित गर्दै नेपालको समानस्तरमा आएको छ । उसले पनि २९ खेलमा ११ जित, १६ हार र २ नो रिजल्टसहित २४ अंक हासिल गरेको छ । नेट रन रेटमा पछि परेकोले ऊ छैठौं स्थानमा छ ।

 

 

 

Share Now