Prakash Adhikari July 28, 2026

आम्र्सटरडम(नेदरल्याण्ड्स), ११ साउन । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तरगत नेदरल्याण्डमा भईरहेको त्रिदेशीय खेलमा नेपालले लगातार तेस्रो हार ब्यहोरेको छ ।

सोमबार भएको खेलमा नामिबियाले नेपाललाई ३ रनको झिनो अन्तरमा हराएको हो।

यो जितसंगै नामिबिया नेपाललाई पछि पार्दै अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। नेपाल छैंटौं स्थानमा झरेको छ।

नामिबियाले २ सय १२ रनको लक्ष्य पछाएको नेपाललाई २ सय ८ रनमा रोक्यो।

सोमवारको खेलमा नेपालको बलिड. पनि जमेन र ब्याटिड. पनि । ओपनर कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटको लागि ५१ रनको साझेदारी गरे। कुशल ३४ रनमा आउट भए। लगत्तै इशान पाण्डे १४ रनमा र भीम सार्की मात्र १ रनमा पबिलियन फर्किए। भीमलाई आज ललितको स्थानमा मौका दिइएको थियो। तर उनको प्रदर्शन निराशाजनक रह्यो।

खेलमा आशिफ शेखले ४५,कप्तान रोहित पौडेलले ४१, आरिफ शेखले ३८, गुल्शन झाले १९ र दीपेन्द्रसिंह ऐरीले ३ रनको योगदान गरे । आजको खेलमा भीम सार्की र दीपेन्द्रसिंह ऐरीको शीघ्र बहिर्गमन नेपाललाई भारी पर्यो । सो नोक्सानी कसैले पूरा गर्न सकेनन् ।

नेदरल्याण्डको राजधानी आम्सटर्डमको उत्रिचस्थित स्पोर्टसपार्क मार्शचलकरविर्डमा भएको १ सय १८ औ खेलमा नामिबियाले नेपाललाई २ सय १२ रनको लक्ष्य दिएको थियो ।

नेपालले टस जितेर फिल्डिड. गरेपछि पहिले ब्याटिड. गरेको नामिबियाले ५० ओभरको खेलमा ७ विकेटको क्षतिमा २ सय ११ रन जोड्यो ।

नामिबियाका लागि जन फ्रयांकलिनले १०० रन बनाए । त्यस्तै लौरेन स्टेनक्याम्पले ५९ रन बनाए भने मलान क्रुजरले १५, जोन निकोल लफ्टि इटनले १०, जान ग्रिनले ६, माइकल भान लिनजेनले ५, गेरहार्ड इरास्मस र जेजे स्मिथले ३।३ रनको योगदान गरे । नामिबियाले ८ वाइड, एक बाई र एक लेगबाईबाट थप १० रन जोडेको थियो ।

नामिबियालाई रोक्ने क्रममा करन के.सी.ले ५, सोमपाल कामीले एक विकेट लिए भने एक विकेट रन आउटबाट लियो नेपालले ।

नामिबियाको विकेट लिन आज पनि नेपाली खेलाडीहरुलाई संघर्ष गर्नुपर्यो । नेपालले पहिलो विकेट ३.६ ओभरमा, दोस्रो ११.१ ओभरमा लिएको थियो भने तेस्रो विकेट लिन ४१.३ ओभर कुर्नपर्यो । त्यसपछि भने ४१.५, ४३.६,४८.६,४९.३ र ४९.६मा नेपाललाई विकेट लिने सफलता जुर्यो ।

 

Share Now