काठमाडौँ, १३ साउनः स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ ।
हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु एक हजारले घटेको छ भने चाँदी रु १० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु २ लाख ८३ हजार २ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ३ सय २० कायम भएको छ ।
हिजो छापावाल सुन प्रतितोला रु २ लाख ८४ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ३ सय १० कायम भएको थियो । गत सोमबार छापावाल सुन प्रतितोला रु २ लाख ८८ हजार ५ सय र त्यति नै परिमाणको चाँदी रु ४ हजार ४ सय ४५ मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार २९ र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।