काठमाडौं, २२ साउन । साताको अन्तिम कारोबार दिन पनि ओरालो लागेर बन्द भयो नेपालको शेयर बजार । यस दिन धितोपत्र बजार परिसूचक ४.०५ अंकले ओरालो लागेर २६५०।०९ बिन्दुमा रोकिएको छ ।
यस दिन ३ सय ३४ स्क्रिप्टको १ करोड ३ लाख १३ हजार ९ सय ७९ शेयरहरुको खरिदबिक्रीबाट ३ अर्ब ७७ करोड ४३ लाख ६१ हजार ५ सय ४१ रुपैया २० पैसा बराबरको कारोबार भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक उकालो लागेपनि बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका नौं वटा उपसमुहहरुको सुचक खुम्चिएका छन् ।
आज समग्रमा घटेको बजारमा पनि आत्मनिर्भर लघुवित्त, सिटिजन्स बैंक डिबेञ्चर ८८, हिमालयन लाईफ लार्ज क्याप फण्ड, एनआईसी ब्यालेन्स फण्ड, एनआईसी सेलेक्ट फण्ड, सोलु हाइड्रो, कर्पोरेट विकास बैक, एभरेष्ट कलर ल्याब, रिलायन्स स्पिनिड. मिल र फस्र्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ ।
त्यस्तै यस दिन अधिक शेयर मूल्य घट्ने कम्पनीहरुमा अपर लोहरे खोला हाइड्रो, एभरेष्ट बैंक डिबेञ्चर ८५, आँखुखोला जलविद्युत कम्पनी, बिओके डिबेञ्चर ८६ क, प्राइम बैंक डिबेञ्चर ८४, सानिमा ग्रोथ फण्ड, याम्बिलिड. हाइड्रो, दोर्दी, एनआईबी समृद्धि फण्ड२, लक्ष्मी भ्यालु फण्ड रहेका छन् ।
यस दिन अधिक रकमको कारोबार हुने कम्पनीहरुमा सोलु हाइड्रो, रिडी पावर,सानिमा बैंक,खानी खोला हाइड्रो, आँखुखोला जलविद्युत कम्पनी, सगरमाथा जलविद्युत,मायाखोला जलविद्युत, सिटिजन्स बैंक इन्टरनेशनल संस्थापक, एनआरएन र रिलायन्स स्पिनिड. मिल्स रहेका छन् ।








