Prakash Adhikari August 9, 2026

 

काठमाडौं, २३ साउन । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार एनपीएल अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने जनाएको हो।

क्यान सचिव पारस खड्‌काले विज्ञप्तिमार्फत प्रतियोगिताको मिति घोषणा गर्नुभएको हो।

एनपीएलका लागि खेलाडी अक्सन सम्पन्न भइसकेको छ भने टोलीहरूले विदेशी खेलाडी अनुबन्ध गर्ने प्रक्रिया अघि बढाइरहेका छन्।

यसपटकको एनपीएल दशैं र तिहारको बीचमा हुने भएको छ। यसअघि एनपीएल तिहारपछि मंसिरमा आयोजना हुँदै आएको थियो।

एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करणको लुम्बिनी लायन्सले ।

दुवै संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्स उपविजेता भएको हो।

Share Now