क्वालालम्पुर(मलेशिया),२३ असोज । आइसीसी टी–२० विश्वकप अन्तर्गत एशिया प्रशान्त उपक्षेत्रीय छनोट प्रतियोगिताको मंगलबार भएको खेलमा नेपालले भुटानलाई १ सय १७ रनले पराजित गरेको छ ।
यो प्रतियोगिता अन्तरगत नेपालले हालसम्म सम्पन्न चारवटै खेलमा विजय हासिल गरेको छ ।
युकेएम ओभल मैदानमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा चार विकेट गुमाउदै १ सय ५० रन बनाएको थियो ।
ओपनरका रुपमा आएका विनोद भण्डारी खाता खोल्न नपाउदै आउट भए । ज्ञानेन्द्र मल्लको स्थानमा प्रदिप ऐरीलाई टिममा राखेको नेपालले ६ रन हुँदा पहिलो विकेट गुमायो । त्यसपछि अनिल शाह २७ रनमा आउट हुँदा नेपालले दोस्रो विकेट गुमायो । यस बीचमा नेपाली टीमका अनिल शाह र प्रदिप ऐरीले ६६ रनको साझेदारी गरे । नेपालको तेस्रो विकेट झर्दा स्कोर चाही १ सय ५ रन पुगेको थियो । तेस्रो विकेटमा आरिफ शेख बाहिरिए । उनले १३ रनमात्र जोडे ।।
त्यसपछि आएका दिपेन्द्र ऐरी १५ रन जोडेर मैदान छोडे । नेपालले १ सय २७ रनमा चौथो विकेट गुमाएको थियो । नेपालका लागि प्रदिप ऐरीले अविजित ७५ रन बनाए भने करण केसीले ११ रनको योगदान गरे ।
१ सय ५१ रनको लक्ष्य लिएको भुटान १६ ओभर तीन बलमा ३३ रनमा अलआउट भयो ।
नेपालले भुटानले एक रन लिन नपाउदै दुई विकेट लियो । ललीत राजवंशीले एकै ओभरमा लगातार दुई विकेट लिए । त्यसपछि भुटानको स्कोर चार रन हुदा सन्दिपले अर्को विकेट लिए ।
सन्दिपले पनि एकैओभरमा भुटानका।अर्को विकेट पनि लिए दुई खेलाडी आउट गरे ।
भुटानको स्कोर ९ रन हुँदा ६ विकेट झर्यो । ललितले ४ ओभरमा ४ रन खर्चिदै ३ विकेट लिए भने सन्दिपले ४ ओभरमा ६ रन खर्चिए ।
नेपालका लागि बसन्त रेग्मीले २ तथा दिपेन्द्र ऐरी र शरद भेषवाकरले १ एक विकेट लिए ।
भुटानले ३ खेलबाट २ अंक जोडेको छ।
प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को छनोटमा नेपाल, आयोजक मलेसिया, थाइल्यान्ड, भुटान, चीन, म्यानमार र सिंगापुर छन्। समूहका शीर्ष तीन स्थानमा रहने टोलीले क्षेत्रीय छनोटको अन्तिम चरणमा स्थान पक्का गर्नेछन्।
युएई र कतारले यसअघि नै अन्तिम चरणको क्षेत्रीय छनोटमा स्थान पक्का गरिसकेका छन्।
अन्तिम चरणको छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
यस पटकको ट्वान्टी–२० विश्वकप क्रिकेट अस्ट्रेलियाले २०२० अक्टोबर १८ देखि १५ नोभेम्बरसम्म सञ्चालन गर्नेछ।
प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।


















