Prakash Adhikari August 24, 2026

हेटौडा(मकवानपुर), ८ भाद्र । आज बागमती प्रदेशका नयाँ मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभामा विश्वासको मत लिने कार्यक्रम छ ।

प्रमुख प्रतिपक्ष रहेको नेपाली कांग्रेसको प्रदेश संसदीय दलले मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ।

सोमबार प्रदेश सभामा विश्वासको मत लिन लाग्नुभएका मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन कांग्रेसले आफ्ना सांसदलाई ह्वीप जारी गरेको हो।

नेपालको संविधानको धारा १६८ को उपधारा (४)तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

कांग्रेसले प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र मुख्यमन्त्री थापाले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न प्रदेशसभा सदस्यलाई निर्देशन दिइएको छ।

Share Now