Prakash Adhikari August 25, 2026

 

काठमाडौं, ९ भाद्र । साताको दोस्रो कारोबार दिन पनि नेपालको शेयर बजार ओरालो यात्रामा रोक लगाउन सकेन । पछिल्ला दुई कारोबार दिनदेखि शेयर बजारले उकालो चढ्न सकेको छैन ।

मंगलबार धितोपत्र बजार परिसूचक ५.३० अंक घटेर २५९४.२७ विन्दुमा ओर्लिएको छ।

यस दिन शेयर बजार ओरालो लागे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ३ अर्ब २३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३।सय ५७ स्टकको १ करोड ४४ हजार कित्ता शेयर खरिदबिक्रीबाट ४ अर्ब १० करोड ९७ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन घटेको बजारमा पनि ७९ स्टकको शेयर मूल्य भने बढेको छ । सर्वोत्तम पेन्ट्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य १ सय ३७ रुपैयाँ ५० पैसा बढेर १ हजार ५४ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ।

त्यस्तै, यस दिन क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य करिब १५ प्रतिशत बढेको छ भने नाडेप लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशत बढेको छ।शेयर मूल्य बढेका शीर्ष १० भित्रका अन्य कम्पनीहरुमा एभरेष्ट कलर ल्याब,कालिञ्चोक हाइड्रोपावर, मकर, सयपत्री हाइड्रोपावर, आरबीबी म्युचुअल फण्ड ४०, स्नोरिभर्स र कुमारी इक्विटी फण्ड रहेका छन् ।

यस दिन १ सय ८६ स्टकको शेयर मूल्य घटेको छ । कारोबारमा आएको धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १०.०७ प्रतिशत घटेको छ।.यस दिन शेयर मूल्य बट्ने अन्य कम्पनीहरुमा नबिल डिबेञ्चर ८९,सिटिजन्स सन्तुलित योजना, उन्नति सहकार्य लघुवित्त, रिजलाइन इनर्जी, अपर स्यांगे हाइड्रो,माण्डु पावर,मनकामना इञ्जिनियरिड. र एनआईसी फ्लेक्सी क्याप रहेका छन् ।

कारोबार रकमका आधारमा यस दिन मकर जितुमाया सुरी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९० करोड ७ लाख ९७ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको साढे १७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम साढे १३ करोड रुपैयाँ नाघेको छ।

यस दिन धेरै रकमको शेयर कारोबार हुने अन्य कम्पनीहरुमा सुपर मादी हाइड्रोपावर, रिडी हाइड्रो,आँखु खोला जलविद्युत,चन्द्रागिरि हिल्स, तमोर, सानिमा बैंक र शिभम् सिमेण्ट रहेका छन् ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक ०।९१ प्रतिशत घटेको छ।

Share Now