Prakash Adhikari August 26, 2026

 

काठमाडौं, १० भदौ। सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ तीन जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । तीन महिनाका लागि संकटग्रस्त घोषणा गरिएको हो ।

मन्त्रिपरिषद्को अहिले बसेको आकस्मिक बैठकले तीन जिल्लालाई संकट ग्रस्त जिल्ला घोषणा गरेर त्यहाँ आवश्यक सम्पूर्ण काम गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सबै मन्त्रीहरूलाई आआफ्नो मन्त्रालयको क्षेत्र अन्तर्गत केके आवश्यकता पर्छ त्यसका लागि फिल्डमै खटिन पनि निर्देशन दिनुभएको छ।

उहाँले सबै मन्त्रालयले मातहतका निकायलाई बाढी पीडितहरुको खोजी र उद्धारमा कुनै कसर बाँकी नराखेर सम्पूर्ण क्षमताले काम गर्न पनि निर्देशन दिनुभएको छ ।

Share Now