Prakash Adhikari August 27, 2026
काठमाडौँ, ११ भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म २ सय  ५८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा दुई, नुवाकोटमा १२, धादिङमा २७, गोखरामा २०, चितवनमा १ सय  ८, तनहुँमा १२, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ ।
प्राधिकरणका अनुसार हाल १३ हजार २ सय  ९५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमध्ये नेपाल प्रहरी सात हजार २ सय  ५०,  नेपाली सेना ४ हजार २ सय र सशस्त्र प्रहरी बल नेपालका एक हजार ८ सय  ४५ उद्धार, खोज र राहतमा परिचालन गरिएको छ । आज उद्धारका लागि ६९ हेलिकप्टरको उडानमार्फत ३ सय  ५१ जनाको उद्धार भइसकेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार हाल ९ सय  १० जना सम्पर्कविहीन छन् । जसमध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका चार, रसुवाका १ सय  ६१, नुवाकोटका एक जना छन् । साथै विदेशी नागरिक ५ सय  १७ जना र नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक १ सय  २७ जना सम्पर्कमा छैनन् ।
Share Now