Prakash Adhikari September 2, 2026

 

 

काठमाडौं, १७ भाद्र । बाढीका कारण मङ्गलवार साँझसम्म १,१२७ जनाको शव फेला परेको नेपाल प्रहरीले आफ्नो वेबसाइटमा जनाएको छ। मृतकको सङ्ख्या बढ्दो क्रममा रहेको देखिन्छ।

अझै सयौँ मानिस सम्पर्कविहीन छन्। त्यस्तै बेपत्ता भएका मानिसहरूको सङ्ख्या उक्त वेबसाइटमा उल्लेख गरिए अनुसार बेपत्ता रहेका ४,८५८ जनाको खोजी कार्य जारी छ।

प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढीपछि खोज, उद्धार र राहत वितरणबाट अगाडि बढ्दै पुन:स्थापनातर्फ अगाडि बढिरहेको बताएका छन्।

बेपत्ता मध्ये जलविद्युत् आयोजनाका सुरुङहरूमा पनि कयौँ जीवित मानिसहरू फसेको हुन सक्ने अनुमानमा खोजी जारी राखिएको अधिकारीहरूले बताएका छन्। उक्त कार्यमा केही दिनयता विदेशी टोलीले पनि सघाउँदै आएका छन्।

नदीमा फेला परेका तर पहिचान नभएका शवहरूको अस्थायी व्यवस्थापन गरिएको अधिकारीहरूले बताएका छन्। अहिलेसम्म फेला परेका शवहरूमध्ये थोरैको मात्र सनाखत भएको छ।

हराइरहेका नेपाली तथा विदेशी नागरिकहरूको डीएनए परीक्षणका लागि “नजिकको रगतको नाता” भएका आफन्तले अनुरोध गरेमा उनीहरूको रगतको ताजा नमुना सङ्कलन गरेर डीएनए परीक्षणबाट शवको पहिचान गर्न सकिने प्रहरीले जनाएको छ।

Share Now