काठमाडौं, २६ भाद्र । आज नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ।
यसदिन सुन प्रतितोला ४ हजार ८ सय रुपैयाँ र चाँदी तोलामा २ सय ५५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँ खरिदबिक्री भएको छ।
बिहीबारको बजारमा सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।
त्यस्तै,आजको बजारमा चाँदी प्रतितोला चार हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला चार हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।








