Prakash Adhikari September 12, 2026

 

काठमाडौं,२७ भाद्र। नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूहले पार्टीको १५औँ महाधिवेशन मंसिरमा गर्ने तयारी अघि बढाएको छ।

केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा विशेष महाधिवेशन पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेर गतिविधि अघि बढाएको भन्दै देउवा समूहले त्यसको काउण्टरमा आफूलाई आधिकारिक पार्टीको नेतृत्व भएको दावी गर्दै समानान्तर गतिविधि अगाडि बढाएको हो ।

देउवा नेतृत्वको समूहले कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन २०८३ मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरिसकेको छ। समितिले असोज १५ गतेदेखि वडा अधिवेशन गर्ने कार्यतालिकासमेत सार्वजनिक गरेको छ।

तयारी समिति संयोजक दीपकप्रसाद कुइँकेलले जारी गरेको विज्ञप्तिमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै १५औँ महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व रहेको दाबी गरिएको छ।

गत साउन २९, ३० र ३१ गते सम्पन्न राष्ट्रिय भेलारसम्मेलनको निर्देशनअनुसार भदौ १७ र १८ गते बसेको १५औँ महाधिवेशन तयारी समितिको बैठकले महाधिवेशनको मिति र प्रारम्भिक कार्यतालिका तय गरेको विज्ञप्तिमा उल्लेख छ।

महाधिवेशनका विभिन्न तहका अधिवेशन सम्पन्न गर्न ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने निर्णयसमेत गरिएको छ। जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा अधिवेशन तयारी समितिहरू असोज ३ गतेभित्र गठन गरिसक्ने निर्णय भएको जनाइएको छ।

यसका लागि विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधिसमेत तोकिएको छ। काठमाडौंमा कल्याणी रिजाल, ललितपुरमा मदनबहादुर अमात्य, भक्तपुरमा भने प्रतिनिधि तोकिएको सूचीमा उल्लेख छैन।

यस्तै, कास्कीमा शंकर भण्डारी र प्रा.डा. कृष्ण गौतम गरी दुई जना प्रतिनिधि तोकिएका छन् भने अन्य जिल्लामा पनि विभिन्न नेताहरूलाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिइएको छ।

केन्द्रीय प्रतिनिधिहरु
पाँचथरः श्री सुर्यकुमार दाहाल
झापाःश्री महीन्द्रा कुमारी लिम्बु
संखुवासभाःश्री दिपक खड्का
तेह्रथुमःश्री सिता गुरुङ
भोजपुरःश्री उत्तम चापागाई
धनकुटाःश्री कमोट फागु
मोरङ्गःश्री भीम पराजुली
सुनसरीःश्री लक्ष्मी खतिवडा
सोलुखुम्बुःश्री सुभराम वस्नेत
खोटाङ्गःश्री सरस्वती बजीमय
ओखलढुंगाःश्री गोमा केसी
उदयपुरःश्री नारायण वहादुर कार्की
सप्तरीःश्री मञ्जु यादव
सिरहाःश्री सन्तोष चौधरी
धनुषाःश्री हरेशप्रसाद महतो
महोत्तरीःश्री उषा राउत
सर्लाहीःश्री सपुत कार्की

रौतहटःमो. मोख्तार अहमद
बाराःश्री रमेशकुमार निरौला
पर्साःश्री सुरेन्द्र न्यौपाने
दोलखाःश्री कुन्दनराज काफ्‌ले
रामेछापः श्री पूर्णमान तामाङ (कान्छाराम)
सिन्धुपाल्चोकःश्री मोहनबहादुर बस्नेत
काभ्रेःश्री गणेश लामा
चितवनः श्री कञ्चनचन्द्र वादे
ललितपुरःश्री मदनबहादुर अमात्य
काठमाडौंःश्री कल्याणी रिजाल
गोरखाःश्री नबराज गुरुङ
लम्जुङःश्री पुष्प पराजुली
प्यूठानःश्री ईश्वर सिंह विष्ट
तनहुँःश्री मणिभद्र शर्मा
बर्दियाःश्री जग्गा पाण्डे
कास्कीःश्री शंकर भण्डारी
डोल्पाःश्री भैरवबहादुर शाही
कास्कीःप्रा. डा. कृष्ण गौतम
जुम्लाःश्री भीमनिधी हमाल
मनाङःश्री सीता देवकोटा
मुगुःश्री तिलकबहादुर मल्ल
मुस्ताङःश्री किरण पौडेल
हुम्लाःश्री बखतबहादुर शाही
पर्वतःश्री पोषनाथ शर्मा
कालिकोटःश्री दमनबहादुर शाही
स्याङजाःश्री गोविन्द भट्टराई
बाजुराःश्री हर्कजंगबहादुर सिंह
म्याग्दीःश्री ऋषि काफ्‌ले
बझाङःश्री सिताराम जोशी
बाग्लुङःश्री सरस्वती अर्याल तिवारी
डोटीःश्री अर्जुन ताम्राकार
नवलपुरःश्री गुरु बराल
अछामःश्री कविराज पण्डीत
नवलपरासीःश्री विकास घिमिरे
दार्चुलाःश्री सन्तोष रैतवाल
पाल्पाःश्री कृष्ण बस्याल
बैतडीःश्री चित्तामणी भट्ट
अर्घाखाँचीःश्री बाबुराम पौडेल
डडेल्धुराःश्री टेकबहादुर रैका
गुल्मीःश्री देउववहादुर थापा
कञ्चनपुरःश्री प्रदीप देउवा
रोल्पाःश्री मान वहादुर खत्री
कैलालीःश्री देवराज जोशी

कांग्रेसभित्र संस्थापनपक्ष र इतर समूहबीच महाधिवेशनको वैधानिकता तथा नेतृत्वको आधिकारिकतालाई लिएर विवाद चर्किरहेका बेला देउवा समूहले आफ्नै प्रक्रियाअनुसार महाधिवेशनको तयारी अघि बढाएको हो।

कांग्रेसले असोज १६ देखि १९ सम्म १५ औँ महाधिवेशन गर्ने तालिका ल्याएर तयारी थालिसकेको छ।

 

Share Now