काठमाडौं, १९ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सामाजिक सञ्जालमा रोष गर्नुभएको छ ।
गगन थापा नेतृत्वमा रहेको नेपाली कांग्रेसको १५ औं महाधिवेशनको समुद्घाटन सत्रमा सम्बोधन गर्न पुग्नुभएका रास्वपा सभापति लामिछानेले सम्बोधनको क्रममा नेपाली कांग्रेसको इतिहासको तारिफ गर्नुको साथै गगन थापालाई गुन लगाएको र पार्टीबाट पाखा लागेकालाई छोडेर अगाडि बढ्न सुझाव पनि दिनुभएको थियो ।
समुद्घाटन सत्रमा बोल्ने अधिकांश राजनीतिक पार्टीका नेताहरुले प्रतिनिधि सभामा दुई तिहाईको बहुमत प्राप्त राजनीतिक दलका सभापति रवि लामिछानेको प्रशंसा गर्दै प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीको भने कटु आलोचना गरेका थिए । आफ्नो आलोचना गरिएको बैठकमा गएर आयोजकको तारिफ गरेको विषय प्रधानमन्त्रीलाई बिझाएको रहेछ । उहाँले आफ्नो असन्तुष्टि यसरी पोख्नुभयो,”जसले फसायो, जसले जालझेल गन्यो, जसले झुटा आरोप लगाएर बिना कारण जेलमा पुन्यायो-आज उसैले बोलाएको कार्यक्रममा सम्मानपूर्वक पुग्नु साँच्चिकै विडम्बनाको पराकाष्ना हो।”
प्रधानमन्त्री बालेन्द्र शाहले ब्यंग्यात्मक शैलीमा भन्नुभएको छ,”हिजो त्यही अन्यायका विरुद्ध चर्को आवाज, आज त्यही व्यक्तिको निमन्त्रणामा हाँसी(खुशी उपस्थिति १ समयले मानिसको बोली मात्र होइन, उसको चरित्र र अडान पनि परीक्षा लिँदो रहेछ।”
प्रधानमन्त्री शाहले अगाडि भन्नुभएको छ, “राजनीतिमा सम्झौता गर्नुपर्ला, सम्बन्ध बदलिन सक्लान्, तर जसले दुःख दिएको थियो उसैको ढोकामा पुगेर सम्मान थाप्नु भनेको आफ्नै हिजोको संघर्ष र पीडामाथि प्रश्न उठाउनु हो।”








