भक्तपुर, ७ कात्तिकः विश्व पोलियो दिवसका अवसरमा आयोजित मेगा पोलियो साइकल र्याली भक्तपुर दरबार स्क्वायरबाट सुरु भएको छ ।
साइकल र्याली रोटरी इन्टरनेशनलको आयोजनामा पोलियो उन्मूलनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले भक्तपुरबाट सुरु भई काठमाडौँ उपत्यकाका सातवटै विश्व सम्पदा क्षेत्र परिक्रमा गरी ललितपुरको पाटन दरबार क्षेत्र पुगेर र्याली समापन हुने बताइएको छ ।
रोटरी इन्टरनेसनल नेपाल भूटान डिष्टिक ३२९२ को आयोजनामा हुने सो ¥याली भक्तपुर दरबार स्क्वायरबाट सुरु भई काठमाडौँ दरबार स्क्वायर, पसुपतिनाथ, बौद्ध, स्वम्भूनाथ हुँदै पाटन दरबार स्क्वायरमा पुगेर समापन हुने ‘पोलियो प्लस’ उपसमितिका अध्यक्ष रोटरियन बिनिता हाडाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
आयोजकका अनुसार उपत्यकाको सात ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई जोड्ने उक्त ¥याली पोलियो उन्मूलनसम्बन्धी जनचेतना अभिवृद्धि गर्न केन्द्रित हुने छ । यसैगरी, साइकल ¥यालीमार्फत ‘इन्ड पोलियो’ अर्थात् पोलियोविरुद्धको खोपको महत्व, जनस्वास्थ्यसम्बन्धी चेतना तथा पोलियो उन्मूलनका लागि निरन्तर सामूहिक प्रतिबद्धताको सन्देश आमजनसमुदायमा पु¥याउने लक्ष्य लिइएको छ ।
एक प्रकारको पोलियो भाइरसबाट मानिसको पेटको आन्द्रा हुँदै स्नायुप्रणालीलाई असर पु¥याउने, मुख तथा अनुहारमा सङ्क्रमण हुने, मांसपेशी कमजोर हु्ँदै ‘प्यारालाइसिस’को जोखिम हुने यो रोग उन्मूलनका लागि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउन जोड दिइएको छ । सरकारले ग्रामीण महिला स्वास्थ्यकर्मी परिचालन गरी देशभरका बालबालिकालाई निःशुल्क पोलियो खोपको व्यवस्था गर्दै आएको छ ।