Prakash Adhikari October 26, 2026

 

सानेपा(ललितपुर), ९कार्तिक । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारी एवं सदस्यहरुको सपथ ग्रहण समारोह कार्तिक १२ गते हुने भएको छ ।

नेपाली कांग्रेसका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले दिनुभएको जानकारी अनुसार सपथ ग्रहण अपरान्ह २ः ०० बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी. पी. स्मृति भवन, बी. पी. नगर, ललितपुरमा हुने भएको छ ।

केन्द्रीय कार्यालयले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई सपथ ग्रहण कार्यक्रममा उपस्थितिका लागि आमन्त्रण गरिसकिएको जानकारी दिएको छ ।

नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको भने फूलपातीका दिन सपथ ग्रहण सम्पन्न भईसकेको छ ।

 

Share Now