Prakash Adhikari November 4, 2026

सांघाई(चीन), १७ कार्तिक। चीनको ब्यापारिक शहर सांघाईमा भइरहेको विश्वकप ‘बेल्ट एन्ड रोड’ यु १९ महिला सिरिजमा नेपालले थाइल्यान्डलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ।

थाइल्यान्डले दिएको ३६ रनको सामान्य लक्ष्य नेपालले ९ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालकी सना प्रविनले सर्वाधिक १५ रन बनाइन्। टीका शाहले ९ बलमा अविजित १२ रन जोडिन्। पसोनी पाख्रिनले ५ रन बनाउँदा सबित्री धामी खाता नखोली आउट भइन्।

त्यसअघि टस जितेर ब्याटिङ गरेको थाइल्यान्ड १४.३ ओभरमा ३५ रनमा समेटिएको थियो।

थाइल्यान्डका लागि पी दाराजारोएनले सर्वाधिक ९ रन बनाइन्। पी साओवारोडले अविजित ७ तथा के खाङपाना प्राइसनले ५ रन जोडिन्।

थाइल्याण्डलाई रोक्ने क्रममा नेपालका टीका शाह, रचना चौधरी, एमके उपाध्याय र रिया शर्माले समान २ । २ विकेट लिए।

Share Now