Prakash Adhikari November 6, 2026
काठमाडौँ, २० कात्तिकः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार धितोपत्र बजार परिसूचक २.६४ अङ्कले बढेर २६५५.२२ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव १८ अङ्कले बढेर ४८० दशमलव १२ मा पुगेको छ ।
त्यस्तै फ्लोट सूचक शून्य दशमलव ५३ अङ्कले बढेर १८४ दशमलव ०४ मा पुगेको छ ।
त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ६८ अङ्कले बढेर १६२  दशमलव ७४ मा पुगेको छ ।
आज विभिन्न कम्पनीका १ करोड ७ लाख १३ हजार ८ सय ४२ कित्ता शेयर रु ३ अर्ब ४६ करोड २० लाख ५९ हजार ३ सय २३ मूल्यमा खरिद बिक्री भएको छ । तेह्र वटै उपसमूहमध्ये १२ उपसमूह बढेको छ भने एक उपसमूह घटेको छ ।
आज १ सय  ५८ कम्पनीको शेयर बढ्यो भने  १ सय ७ कम्पनीको शेयर घट्यो । त्यसैगरी १४ कम्पनीको शेयर स्थिर रह्यो । नेप्सेका अनुसार क्रेष्ट माइक्रोलाइफ इन्सुरेन्स, बेनी हाइड्रोपावर, राष्ट्रिय बिमा कम्पनी लगायतका लगानीकर्ताले कमाएका छन् ।
त्यसैगरी घोराही सिमेन्ट इन्डष्ट्रिज, नेपाल रिइन्सुरेन्स कम्पनी र कालिञ्चोक दर्शनलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
–––
Share Now