Prakash Adhikari December 22, 2018

सानोठिमी(भक्तपुर), ७ पुस । शिक्षक सेवा आयोगले मध्यमाञ्चल क्षेत्र अन्तर्गत निम्नमाध्यमिक तहमा लिइएको लिखित परीक्षाबाट छनौट भएका शिक्षकहरुको अन्तरवार्ता मिति २०७५ पुस ११ देखि पुस १४ गतेसम्म काठमाडौंको कालिमाटीस्थित जनप्रभात हुने जानकारी दिएको छ । आयोगले शिक्षा विकास निर्देशनालय प्रदेश नं ३ हेटौंडाको पत्रानुसार सो सूचना दिएको बताएको छ ।

यसरी नै आयोगले २०७५ मंसिर ११ गते प्रकाशित पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रको निम्नमाध्यमिक तहको वि.नं. २०१, २०२ र २०३ को विज्ञान विषयको पूर्व प्रकाशित अन्तरवार्ताको मिति २०७५ पुस ११ परिवर्तन गरी मिति २०७५ पुस १२ गते विहान ८ः३० वजेदेखि कायम गरिएको सूचना प्रकाशित गरेको छ ।
हेर्नुहोस् सूचना :

http://tsc.gov.np/news?id=42

http://tsc.gov.np/news?id=38

पुनर्योगको नतिजा

आयोगले प्रकाशित गरेको नतिजामा चित्त नबुझेर पुनर्योगको लागि निर्धारित दस्तुर र प्रवेश पत्रको प्रतिलिपिसहति निवेदन दिनुभएका कार्यरत अस्थायी परीक्षार्थी शिक्षकहरुमध्य रोलनं ७११२००९२ भएका विजयश्वरी खड्का पुर्नयोगमा उत्र्तीण भएको जनाउदै उहाँलाई २०७५ पुस १८ गते विहान ८ः०० वजेशिक्षा विकास तथा समन्वय इकाइ, डोटी अन्तरवार्ता केन्द्रमा सम्पर्क गरी अन्तरवार्तामा सहभागी हुन समेत अुनरोध छ ।

http://tsc.gov.np/doc/15454025633.Retotal_Result0750906_Darchula,%20Achham,%20Theththum,Kanchanpur.pdf

 

त्यस्तै बाजुराबाट विज्ञापन नं. १०२ को लिखित परीक्षामा एउटै नाउँका दुईजना व्यक्ति परीक्षामा सम्मिलित भएकोमा एकजना उत्तीर्ण भएकोमा उत्तीर्ण भएको परीक्षार्थीको सम्बन्धमा द्विविधा उत्पन्न भै आयोगमा पटक पटक सोधनी भएकोले आयोगमा रहेको अभिलेख अनुसार बिरबहादुर शाहीको नातिनी, ललितबहादुर शाहीको छोरी कल्पना मल्ल (रो.नं. ६९१२००२७) अन्तरवार्ताको लागि छनौट भएको व्यहोरा पनि आयोगले स्पष्ट पारेको छ ।

http://tsc.gov.np/doc/15454852580.Retotal_Result0750907__Bajura.pdf

पुनर्याेगको लागि निवेदन दिनेमध्ये पाँचथर प्राथमिक शिक्षकहरु ०२१३००५६ रोल नंबर कि रितादेवी निरौला र ०२१३०१४७ रोलनं कि पवित्रा राईलाई mमिति २०७५/०९//१९ गते विहान ८ः०० वजेशिक्षा विकास तथा समन्वयइकाइ, झापा अन्तरवार्ता केन्द्रमा सम्पर्क गरी अन्तरवार्तामा सहभागी हुन समेत आयोगले अुनरोध गरेको छ ।

http://tsc.gov.np/doc/15453923172.Retotal_Result0750905Pathchar.pdf

त्यस्तै पूर्वाञ्चल र मध्यमाञ्चल निमावी गणित विषयको लिखित परीक्षामा सम्मिलित भई आयोगले प्रकाशित गरेको नतिजामा चित्त नबुझेर पुनर्योगको लागि निवेदन दिनेमा शिक्षकहरुमध्ये पुनर्योगमा उत्तीर्ण हुनुभएका ०५२५०३०००२ नम्बरका शिक्षक सुशिलकुमार मण्डललाई पनि आयोगले मिति २०७५ पुस ११ गतेविहान ८ः३० वजेशिक्षा विकास निर्देशनालय,धनकुटा अन्तरवार्ता केन्द्रमा सम्पर्क गरी अन्तरवार्तामा सहभागी हुन समेत अुनरोध गरेको छ ।

हेर्नुहोस्,आयोगको सूचना जस्ताको तस्तै :
http://tsc.gov.np/doc/15451397633.Retotal_Result0750903_Math.pdf

Share Now

Leave a comment.