सिड्नी(अष्टेलिया), १२ पुस । नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले अष्टेलियाको घरेलु लिग बिग ब्यास अन्तरगत भैरहेको आफ्नो टीमको तेस्रो खेलमा २ विकेट लिएर हालसम्मका खेलमा ७ विकेट लिंदै लिगको उत्कृष्ट बलरहरुको शीर्षमा आफूलाई उभ्याएका छन् ।
सिड्नी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर बलिंग गर्ने निर्णय लिएको मेलबर्नका लागि नेपाली स्टार सन्दिपले ४ ओभर खेले र दुुई विकेट लिए । उनले चार ओभरका २४ बलमा प्रतिस्पर्धी टीमलाई जम्मा १८ रन जोड्ने मौका दिए ।
खेलको सातौँ ओभरमा बलिंगमा आएका सन्दिपले कसिलो सुरुवात गरेका थिए। आफ्नो पहिलो ओभरमा उनले ४ रन मात्र खर्चिए।
ओभरको पाँचौ बलमा सिड्नीका कप्तान मोइजेज अन्रिकेज स्विप गर्ने प्रयासमा एल बि डब्लु धरापबाट जोगिएका थिए।
खेलको नवौं ओभरमा बलिड. गर्ने मौका पाएका सन्दीपले दोस्रो बलमा सिड्नी सिक्सर्सका अन्रिकेज एल बि डब्लु धरापमा पर्न गए। उनको दोस्रो ओभरमा समेत सिड्नीले ४ रन मात्र जोड्न सक्यो।
खेलको १२ औं ओभरमा अन्तिम बलमा उनले टम कुरनलाई एल बि डब्लु धरापमा पार्दै आफ्नो दोस्रो विकेट हात पारे।
GOT HIM! @IamSandeep25 takes the big, big wicket of Moises Henriques. #BBL08 pic.twitter.com/ndCAyN9FgG
— KFC Big Bash League (@BBL) December 27, 2018
खेलको १४ औं ओभरमा उनले जम्मा ९ रन जोड्ने मौका दिए ।ओभरको चौथो बलमा सन्दिपले जोर्डन सिल्क बिरुद्ध गरेको एल बि डब्लु अपिल अम्पायरले नकारेका थिए ।
मेलबर्नका बलरहरुको दबाबमा परेको सिड्नी सिक्सर्सले दोस्रो बलमानै ओपनर ज्याक एडवार्डलाई ४ रनमा गुमायो । सिड्नीले टोलीको स्कोर २६ रन हुँदा जोए ड़ेन्लीलाई समेत गुमायो। एडवार्डको विकेट एडम जाम्पा र डेन्लीको विकेट मेलबर्नका क्याप्टेन ग्लेन म्याक्स्वेलले हात झारेका थिए।
खेलको आठौँ ओभरको पहिलो बलमा डेनिएल ह्युजेजलाई २० रनको स्कोरमा गुमाउँदा सिड्नीले ४८ रन जोड्न माथिल्लो क्रमका ३ ब्याट्सम्यान गुमाएको थियो।
कप्तान मोइजेज अन्रिकेज नवौं ओभरको दोस्रो बलमा सन्दिपको शिकार बन्दा टोलि झन् समस्यामा आयो।
पाँच नम्बरमा ब्याटिंग गर्न आएका जोर्डन सिल्कले एक किनार सम्हालेर ब्याटिंग गरेपनि अर्को किनारबाट लगातार विकेट गुमाउदा सिड्नीले १३० रन मात्र जोड्न सक्यो। सिल्क ३७ बलमा ४१ रन बनाएर अविजित रहे।
मेलबर्नको बलिंगमा ज्याक्सन कोल्मेनले सर्वाधिक ३ तथा सन्दिप लामिछाने र ड्वेन ब्राभोले समान २-२ विकेट हात पारे।
आजको खेलमा सन्दीप आबद्ध मेलबर्न स्टारले पहिलो जित निकालेको छ ।
सिड्नी सिक्सर्सले दिएको १ सय ३१ रनको लक्ष्य उसले ५ विकेट गुमाउदै १४.५ ओभरमा १ सय ३२ रन जोडेर पूरा गरेको थियो ।
सन्दीपले सिड्नी थन्डर्सविरुद्धको पहिलो खेलमा २ विकेट लिएका थिए भने होवर्ट हुरिकेन्सविरुद्धको दोस्रो खेलमा ३ विकेट लिएका थिए ।
Sandeep Lamichhane is making his mark on the @BBL! Just Shane Watson for your first wicket, thank you very much. #BBL08 pic.twitter.com/OTgUjQn5hV
— cricket.com.au (@cricketcomau) December 21, 2018