Prakash Adhikari January 3, 2019

 

काठमाडौं, १९ पुस । कैलाली १ बाट निर्वाचित सांसद रेशमकुमार चौधरीले बिहिबार संघीय ससंसदको प्रतिनिधिसभाको सदस्यको पद तथा गोपनियताको सपथ लिनुभएको छ । उहाँले थारु भाषामा सपथ लिएका लिनुभएको हो ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बिहीबार सभामुख कृष्ण बहादु्र महराले चौधरीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो। सपथसँगै संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले चौधरीलाई सांसदको गोलो लगाइदिनुभयो ।

टीकापुर घटनाका मुख्य अभियुक्त चौधरीलाई सपथकै लागि डिल्लीबजारस्थित सदर खोरबाट सिंहदरबार पुर्याइएको थियो ।

सपथपछि सभामुख महराले सांसद चौधरीलाई फूलमाया लगाइदिनुभएको थियो भने राजपाका नेताहरुले पनि उनलाई बधाई दिँदै फुलमाला लगाइदिनुभयो ।

२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ७ जना प्रहरीसहित ८ जनाको ज्यान गएको थियो । सो घटनामा संलग्न भएको आरोपमा चौधरीविरूद्ध मुद्दा लागेको थियो । घटनापछि फरार रहेका चौधरीले सार्वजनिक नभइकनै प्रतिनिधि सभामा उम्मेद्वारी दिई विजयी हुनुभएको थियो ।

निर्वाचित भए पनि सपथ लिन नपाउनुभएका चौधरीले असारमा जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गर्नुभयो र पुर्पक्षका लागि जेल चलान भएपछि डिल्ली बजार कारागारमा राखियो ।

राजपा नेपालले चौधरीको रिहाई र शपथग्रहणको विषयलाई मुख्य मुद्दा बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई दवाव दिँदै आएपछि सरकारले सपथको व्यवस्था मिलाएको बताइएको हो ।

दीपक मनाङेको के होला ?

अदालतबाट सफाई नपाईकन सांसद रेशम चौधरीको सपथग्रहण सम्पन्न भएकोले मनाङबाट निर्वाचित प्रदेश सभासद राजिव गुरुङ ‘(दीपक मनाङे’) को सपथग्रहण के हुने भन्ने प्रश्न उब्जिएको छ ।


उहाँले प्रदेश सदस्यको सपथग्रहण गराउन माग गर्दै गण्डकी प्रदेशको सभामुख कार्यालयमा निवेदन दिनुभएको छ।

सर्वोच्च अदालतबाट जमानतमा थुनामुक्त भएपछि एक साताअघि गुरुङले सभामुखको कार्यालयमा निवेदन दिएको गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले बताउनुभयो।

गत बिहीबार गुरुङले निवेदन दिएपछि शुक्रबार यसबारे छलफल गर्न संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिए पनि सबै दलको प्रतिनिधित्व नभएको भन्दै बैठकले औपचारिकता पाएन।

पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गर्दै मनाङेलाई ५ वर्ष कैद सजाय हुने भनी गरेको फैसलालाई गएको वैशाखमा सर्वोच्चले सदर गरेपछि मनाङबाट निर्वाचित मनाङे जेल जानुपरेको थियो।

गत वर्ष मंसिरमा भएको चुनावमा मनाङ प्रदेशसभा ‘ख’ बाट निर्वाचित दीपकलाई नेकपा एमालेको समर्थन थियो । तत्कालिन नेकपा एमालेकी उमेद्वार खाण्डा लामा गुरुङले दीपकको समर्थनमा उमेद्वारी फिर्ता लिनुभएको थियो ।

Share Now

Leave a comment.