Prakash Adhikari December 19, 2017

काठमाडौं, ३ पौष । एनआर्इसी एसियाले जारी गर्न लागेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र पौष १३ देखि खुला हुनेभएको छ। बैंकले प्रति कित्ता १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्दैछ ।

बैंकले पुष १३ देखि १७ सम्म खुल्ला हुने एनआईसी एशिया डिबेन्चर २०८१-८२ को निष्काशन तथा बिक्रि प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

एनआईसी एशिया डिबेञ्चरकोअवधि ७ बर्षको रहेको छ। बैंकले ९ प्रतिशत बार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज झुक्तानी गर्ने जनाएको छ। उक्त ऋणपत्र दोस्रो बजारमा समेत खरिद बिक्रि हुनेछ।

ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले एलए माइनस रेटिङ्ग प्रदान गरेको छ, जसको अर्थ लगानीको उच्चतम सुरक्षा र न्यून कर्जा जोखिम हो । एनआईसी एशिया ए माइनस रेटिङ्ग प्राप्त बैंक हो । यसले बैंकको उत्कृष्ट अवस्थालाई जनाउछ ।

बैकले थप पूँजी निर्माणको लागि ऋणपत्र निष्कासन गर्न लागेको हो।

एनआईसी एशियाले १ सय ४९ शाखा कार्यालयहरु र १ सय ४१ एटिएम काउन्टरहरु र ४ एक्स्टेन्सन काउण्टरहरुबाट आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

बैंकले हालसम्म १ सय १७ अर्ब निक्षेप संकलन गरि ९८ अर्ब कर्जा प्रवाह गरेको जनाएको छ।

Share Now